कार्यदलका सदस्यलाई दलको कार्यालयमा कांग्रेसको बोलावट
काठमाडौँ । सहकारीको रकम हिनामिनासम्बन्धी छानबिनका लागि गठन हुने संसदीय समितिको कार्यादेश (टिओआर) बारे कार्यदलस्तरमा छलफल भइरहेका बेला नेपाली कांग्रेसले पार्टीका तर्फबाट कार्यदलमा रहेका सदस्यहरूलाई पार्टी संसदीय दलको कार्यालयमा बोलाएको छ ।
कानुनमन्त्री पदम गिरी नेतृत्वको कार्यदलमा नेपाली कांग्रेसका तर्फबाट जीवन परियार सदस्य छन् । तर कार्यदलको बैठकमा ज्ञानेन्द्र कार्की पनि थपिएका छन् । उनीहरू दुवैलाई कानुन मन्त्रालयमा कार्यदलको बैठक बसिरहेका बेला कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दलको कार्यालयमा बोलाएका हुन् ।
कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम राख्ने वा नराख्ने भन्नेमा कार्यदलस्तरमा सहमति जुट्न सकेको छैन । कार्यदलमा सहमति जुट्न नसक्दा संसद् बैठक समेत प्रभावित भएका छन् । यद्यपि विपक्षी मोर्चाले संसद्मा गृहमन्त्री रवि लामिछानेको कुरा सुन्न तयार भएको जनाइसकेको छ ।
तर कार्यदलस्तरमा टिओआरबारे सहमति जुटेपछि मात्रै संसद् बैठक सञ्चालन गर्नुपर्ने विपक्षीको माग अनुसार बैठकको समय समेत परिवर्तन भैसकेको छ । दलको कार्यालयमा लेखकसँगै महामन्त्री गगन थापा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण