छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु
आइतबार, ०६ जेठ २०८१, १४ : ०९
काठमाडौँ । रोल्पा, सिरहा र रुपन्देही जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा ३ जनाको मृत्यु भएको छ ।
- रोल्पा, रोल्पा नगरपालिका-४ खाद्य टोलमा लु.३ त ३४०२ नम्बरको ट्याङ्कर सडकबाट करिब १५ मिटर तल खसेर शनिबार बेलुकी दुर्घटना हुँदा ट्याङकरमा सवार लुङग्री गाउँपालिका-६ गुम्चाल घर भई रोल्पा नगरपालिका-१ मेवाङ बस्ने ४३ वर्षीया रूपशरी विष्टको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल रेउघामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- सिरहा, धनगढीमाई नगरपालिका-४ निम चोकस्थित सडकमा मधेश प्रदेश ०१-००४ प ६२१५ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार लहान नगरपालिका-५ बस्ने ७९ वर्षीया फुलझरीया देवी महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल लहान सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार स्कुटर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
- रूपन्देही, बुटवल उपमहानगरपालिका-१३ झोलुङेपुलस्थित सडकमा लु.१ झ ५३१ नम्बरको अर्घाखाँची जिल्ला अस्पतालको एम्बुलेन्सको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-११ नहरपुर बस्ने ५६ वर्षीया कमला नेपालीको आइतबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै ठक्करबाट घाइते भएका अन्य २ जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण