शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बसले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्युु

सोमबार, ०२ वैशाख २०७६, १८ : ४१
सोमबार, ०२ वैशाख २०७६

रौतहट– गौर चन्द्रनिगाहपुर सडकखण्ड वीरेन्द्र राजमार्गमा यात्रुुवाहक बस र मोटरसाईकल एकआपसमा जुद्दा एकजनाको मृत्युु हुनुुका साथै एकजना गम्भीर घाइते भएका छन् । गौरबाट चन्द्रपुरतर्फ गइरहेको ना४६प ९६ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आइरहेको ना४ख ६१११ नम्बरको यात्रुुवाहक बस हर्षाहा चोक नजिक अपरान्ह ३ः३० बजे आमुने सामुने ठक्कर लागेको हो ।

बसको ठक्करबाट गम्भिर घाइते बर्ष ४० का मोटरसाईकल चालकको चन्द्रपुरस्थित सामुुदायिक अस्पतालमा उपचारको क्रममा मृत्युु भएको जिल्ला टफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक विजय श्रेष्ठले बताए ।

मोटरसाईकलमा पछाडि बसिरहेकी अन्दाजी ३५ वर्षीया महिलाको टाउको तिघ्रा काटिएको र गम्भिर चोटपटक लागेर अचेत अवस्थामा चन्द्रपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरी निरिक्षक श्रेष्ठले बताए ।

मृतक मोटरसाइकल चालक र घाइते महिलाको हालसम्म सनाखत हुन नसकेको, दुुर्घटनामा परेका बस र मोटरसाइकल  नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप