शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्रीको पुर्ख्यौली गाउँमा झाडा–पखलाको महामारी

बिहीबार, १२ वैशाख २०७६, १५ : ५३
बिहीबार, १२ वैशाख २०७६

गुल्मी– गुल्मीको मुसिकोट नगरपालिका वडानम्वर ४ मा रहेको दजाकोट गाउँमा झाडा पखलाको माहमारी फैलिएको छ । 

दजाकोटका ७५ घरधुरीका बालक देखि बृद्धसम्म सयौ जना झाडा पखलाबाट थलिएका छन् । स्थानीयहरु चार दिनदेखि माहमारीले थलिएपछि अवस्था नाजुक बनेको स्थानीय शिक्षक दुर्गा रासकोटीले बताए ।  

संक्रमण थप बढ्ने डरले दुई दिनदेखि स्थानीय पशुपति निमावि समेत बन्द गरिएको उनले  जानकारी दिए । सवै गाउँले विरामी परेपछि वामीटक्सारबाट स्वास्थ्यकर्मी झिकाएर विद्यालय परिसरमा स्वास्थ्य शिविर सञ्चालन गरिएको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले जानकारी दिए । 

‘१५ देखि २० जनालाई सलानी पानी चढाईदै  छ, केहिलाई जिल्ला अस्पताल पठाउने तयारी भइरहेको छ’ मेयर सापकोटाले भने । उनका अनुसार लुरेखोला मुहानको पानी पिउने सवै घरधुरी झाडापखलाको माहमारीमा परेका हुन् ।

नगरप्रमुख सापकोटाले पानीकै कारण झाडा पखलाको महामारी फैलिएको बताए । गाउँमा आउने पानीको मुहानमाथि लुगाकपडा धुने गरेका कारण पानीमा प्रदुषण मिसिएको हुनसक्ने स्थानीयले बताएका छन् । एक जना बेहोस महिलालाई जिल्ला अस्पताल पठाई सकिएको र थप चार जनालाई पठाउनुपर्ने देखिएको मेयर सापकोटाले बताए ।

स्मरण रहोस , २०७३ साल बैशाख १८ गते पारी जंगलमा लागेको आगो  पानीको अभावमा स्थानियले नियन्त्रणमा लिन नसक्दा वारी दजाकोटमा फैलिएर त्यो पुरै गाउँ खरानीमा परिणत भएको थियो । ५६ घरधुरी जलेर नष्ट भएको थियो । अन्न, कपडा लत्ता, कागजपत्र, नगद , सुन चाँही, पशु चौपाय  सबै सबै नष्ट हुँदा अनिकालग्रस्त गाउँ बनिरहेको बेला देश विदेशबाट सहयोग  ओईरिएर दजाकोटवासीले राहत पाएका थिए ।

स्थानीयका अनुसार करिव १५ बर्ष अघि पनि यस्तै खालको झाडापखलाको महामारी दजाकोटमा आएको थियो  । दजाकोट गृहमन्त्री रामबहादुर थापा  (वादल) को पुर्ख्र्यौली घर भएको स्थान हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप