शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

डीएभी स्कूलले ल्यायो शतप्रतिशत नतिजा, गौरव अग्रवाल बने प्रथम

आइतबार, २२ वैशाख २०७६, १६ : ०१
आइतबार, २२ वैशाख २०७६

ललितपुर–ललितपुरस्थित डीएभी शुशील केडिया विश्व भारती विद्यालयले शैक्षिक शत्र २०१८–१९ को  सेन्ट्रल बोर्ड अफ सेकेन्डरी एजुकेशन (सी.बी.एस.ई बोर्ड) को नतिजामा उत्कृष्ट स्थान प्राप्त गरेको छ ।

 विद्यालयको रिजल्ट नेपालमा सञ्चालनमा रहेका सी.बी.एस.ई प्लस २ मध्यको उत्कृष्ट रहेको विद्यालयकी प्राचार्य भुवनेश्वरी रावले बताइन् । 

सि.वि.एस.ई बोर्डको वेवसाइटमा प्रकाशित नतिजा अनुसार डीएभी विद्यालयका गौरब अग्रवालले कर्मश संंकायबाट ९७.२०% प्राप्त गरी प्रथम स्थान हासिल गरेका छन् ।
 त्यसैगरी कर्मश संकायबाटै शिवम वरमेचाले ९६.२० % सहित दोस्रो स्थान प्राप्त गरेका छन् ।

 त्यसैगरी कर्मश शकायबाटै आयुशा हरलालका र मल्लिका शारदा तथा विज्ञान संंकायका काशी शर्माले ९६ % प्राप्त गरी तेस्रो स्थान हासिल गरेको विद्यालयले जनाएको छ । 
 विज्ञान र व्यवस्थापन दुबै शंकाय गरी डीएभीका सबै विद्यार्थी उत्तीर्ण भएका छन् । 

तीध्ये २६ जना विद्यार्थीहरुले ९०% प्रतिशत भन्दा माथिको नतिजा ल्याउन सफल भएका छन् । गतवर्षहरुमा जस्तै यस वर्ष पनि डीएभी विद्यालयले शत प्रतिशत नतिजा प्राप्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप