खुश्बु फेरि अदालत जाने
काठमाडौँ– मोडल तथा समाजसेवी खुश्बु ओलीले आफु र गोपाल कटुवालबीचको आर्थिक लेनदेन दुई वर्षअघि नै मिलिसकेको भन्दै अदालतको पछिल्लो फैसलाप्रति आश्चर्य व्यक्त गरेकी छन् ।
ओलीलाई जिल्ला अदालत काठमाडौँले दोषी ठहर गर्दै ३ महिना कैद, ३ हजार जरिवानाको फैसला गरेको थियो । मंगलबार न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई ३ महिना कैद, ३ हजार जरिवाना र चेक वापतको रकम साँवा र ब्याजसहित तिर्नुपर्ने ठहर फैसला गरेको हो ।
ओलीले काटेको ३६ लाख रुपैयाँ बराबरको कुमारी बैंकको चेक बाउन्स भएको भन्दै सप्तरीका गोपाल कटुवालले एक बर्षअघि मुद्दा दायर गरेका थिए ।
तर, अदालतको फैसला आएको भोलिपल्ट खुश्वुले प्रेस रिलिज जारी गर्दै गोपाल कुटुवाललाई आफुले दिएको चेक नसाटिएपछि तत्काल बैंकमा पुगेर हिसावकितव र फरफारक गरेको दावी गरेकी छिन् । ‘गोपाल कटुवालले रकम पाइसकेपछि कसरी अदालतमा मुद्दा दायर गरेका हुन् म अदालत गएर हेर्छु । आजभन्दा एक वर्षअघि दायर मुद्दाबारे मलाई कुनैपनि जानकारी छैन र यसका लागि म कानुनी बाटोमा जान्छु । सत्यको जित हुन्छ,’ ओलीले जारी विज्ञप्तिमा भनेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा