शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘बोलमाया’ पछि प्रकाश सपुतको अर्को लोकसंगित ‘गलबन्दी’ले तान्यो दर्शक

बुधबार, १५ जेठ २०७६, ०९ : ३६
बुधबार, १५ जेठ २०७६

गायक तथा गीतकार प्रकाश सपुतको ‘बोलमाया’ को प्रिक्वेल ‘गलबन्दी’ सार्वजनिक भएको छ । रोधीमा आधारित ‘गलबन्दी’लाई यूट्युबमा सार्वजनिक भएको चार दिनमा बीस लाखभन्दा बढी पटक हेरिएको छ । 

लोक कथालाई बुनेर निर्माण गरिएको यो गीतमा परम्परागत रोधी बस्ने प्रचलनलाई जस्ताको त्यस्तै उतारिएको छ । गीतमा प्रयोग गरिएका लोक बाजा, शब्द र लयले दर्शकको वाहीवाही पाएको छ । 
 
 प्रकाश सपुतको आफ्नै शब्द, लय र संगीत, निर्देशनमा तयार भएको यो गीतलाई गायिका शान्ति श्री परियार र सपुत आफैंले स्वर दिएका छन् । 

 भिडियोमा मोडल अञ्जली अधिकारीको अभिनय रहेको छ । बोल मायामा गर्भवति भएकी अञ्जलीले गलबन्दीमा बच्चा जन्माएर स्कुले बनाईसकेकी छिन् भने अन्त्यमा छोरालाई गाउँलेले लखेट्छन् । किन लखेट्छन् त गाउँलेले ? प्रकाशले त्यो कथा ‘बोलमाया – २’ मा देखाउने बताएका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप