शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सोमबार, ०२ असार २०७६, १० : ११
सोमबार, ०२ असार २०७६

मोरङको सुनवर्षी नगरपालिका–९ भेडुवाथानमा गए राति ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
 
 रङ्गेली–डाइनिया सडकखण्डमा राति पौने १० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को५प ११७८ नंको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको को२त २३२० नंको ट्र्याक्टरले ठक्कर दिएको थियो । 

ठक्करबाट मोटरसाइकल चालक भोजपुर घर भई हाल सुनवर्षी नगरपालिका–४ अमरदह बस्ने ४५ वर्षीय दिलीपकुमार विकको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका विकको रङ्गेली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ । 

ठक्कर दिने ट्र्याक्टरलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप