असारको अन्तिम साता बृहत शैक्षिक मेला हुने
काठमाडौं– यही असारको अन्तिम साता नेपालमा ‘बृहत शैक्षिक मेला’ आयोजना हुने भएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले यही असारको २६ गतेदेखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा यस वर्ष पनि वृहत शैक्षिक मेला आयोजना गर्न लागेको हो ।
स्वदेश तथा विदेशमा रहेका राम्रा शैक्षिक संस्थाहरुको बारेमा आवश्यक जानकारी दिने उद्देश्यका साथ यस वर्ष पनि शैक्षिक मेला आयोजना गर्न लागिएको इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले जानकारी दिए । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी उनले ४ दिनसम्म चल्ने सो मेलामा १ लाख बढिले अवलोकन गर्ने अपेक्षा गरिएको पनि बताए ।
इक्यानले हरेक वर्ष इक्यानको नाममा शैक्षिक मेला आयोजना गर्दै आएको छ । यस वर्षको मेलामा भारत, चीन, अमेरिका, जापान, अष्ट्रलिया, जर्मन, फ्रान्स, डेनमार्कलगायतका मुलुकका विश्वविद्यालयका प्रतिनिधिहरु पनि सहभागी हुनेछन् । मेला उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुका लागि बढि उपयोगी हुने दावी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको मौसम र अहिलेको राजनीति उस्तैउस्तै होः अध्यक्ष नेपाल
-
विकराल बन्दै डढेलो
-
काठमाडौँमा 'सफल ह्याप्पी काउ मिल्क' उपलब्ध
-
सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अमिनविरुद्ध आरोपपत्र दायर
-
गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?