कपिलबस्तुमा पौडी खेल्दा डुबेर ३ युवाको मृत्यु
मङ्गलबार, ०३ असार २०७६, १६ : २७
बुटवल–कपिलवस्तुको शिवनगरमा रहेको सुरई खोलामा पौडी खेल्नेक्रममा डुबेर ३ युवाको मृत्यु भएको छ ।
जिल्लाको पश्चिमी क्षेत्रको शिवराज नगरपालिकाको सुरई खेलामा पौडी खेल्न गएका छिमेकी बिजयनगर गाउँपालिका वडा नम्वर ६ का ३ युवाको आज दिउँसो डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुमा प्रवक्ता प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले रातोपाटीलाई बताएका छन् ।
मृत्यु हुनेमा कपिलबस्तुको विजयनगर गाउँपालिका वडा ६ का १८ बर्षका आशिक भट्टराई, सोही स्थानका १७ बर्षिय निरन्जन भुषाल र १७ बर्षिय सुमित सुनार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न
-
अफगानिस्तानमा बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
-
पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ : आरजु राणा
-
डीआईजी दुर्गा सिंहको गण्डकी प्रदेशमा सरुवा