‘रातो गलबन्दी’को शीर्ष गीतसँगै फस्टलुक सार्वजनिक
काठमाडौं–प्रेमकथामा निर्माण गरिएको फिल्म ‘रातो गलबन्दी’को फस्टलुक पोस्टरसँगै शीर्ष गीत पनि सार्वजनिक गरिएको छ ।
फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले फष्टलुक तथा शीर्ष गीत एकसाथ सार्वजनिक गरेको हो ।
केकी अधिकारी, कोसिस क्षेत्री र बुद्धि तामाङको मुख्य भूमिका रहेको फिल्म १७ साउनबाट प्रदर्शनमा आउँदैछ । फिल्म अनिश थापाले निर्देशन गरेका हुन् ।
सार्वजनिक पोस्टरमा केकी, कोसिस र बुद्धि अटाएका छन् । हिमाल कडरिया र दुर्गा बस्नेत निर्माता रहेको फिल्मको शीर्ष गीतमा राजेश पायल राई र श्रेया राईको स्वर छ ।
गोबिन्द राईले कोरियोग्राफी गरेको गीत लोकराज अधिकारीले लेखेका हुन्, भने संगीत बिनोद खुम्बुले दिएका छन् ।
मनिसमा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मस्को स्क्रिप्ट किरण माइकलले लेखेका हुन् । हिमाल कडरियाको कथा रहेको फिल्मको सहनिर्माता बासुदेव घिमीरे, अमृता मगैराम र कृष्ण घिमीरे तथा प्रकाश दुलाल कार्यकारी निर्माता छन् । निर्देशक थापा ‘रातो गलबन्दी’ भरपुर मनोरञ्जनका साथै सामाजीक सन्देशयुक्त फिल्म भएको बताउँछन् ।
पूर्वी नेपालका बिभिन्न स्थानमा खिचिएको फिल्मको लाइन प्रोड्युसरमा प्रकाश सेनदाङ, मनोज उप्रेती र युएस लाइन प्रोड्युसरमा बेनुप्रसाद मैनाली छन् । रातो गलबन्दीको बितरण आरआर फिल्मस्ले गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न
-
अफगानिस्तानमा बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
-
पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ : आरजु राणा
-
डीआईजी दुर्गा सिंहको गण्डकी प्रदेशमा सरुवा