काठमाडौं–तराई फास्ट ट्रयाक ३ बर्षभित्र सम्पन्न गरिने
काठमाडौं– नेपाली सेनाले काठमाडौं तराई दुर्त मार्ग (फास्ट- ट्रयाक) ३ बर्ष ६ महिनाभित्र सम्पन्न गर्ने जनाएको छ । सेनाले बुधबार पत्रकार सम्मेलन गरि दुर्त मार्ग निर्माण सम्बन्धी जानकारी गराएको हो । विस्तृत आयोजना प्रतिवेदन बमोजिम आयोजनाको लागत १ खर्ब ५५ अर्ब रुपैयाँ रहेको छ ।
मूल्य अभिवृद्धि करसहित कूल लागत १ खर्ब ७५ अर्ब रहेको छ । अन्तर्राष्ट्रिय परामर्शदाताबाट तयार गरिएको विस्तृत आयोजना प्रतिवेदन डिपिआरमा आयोजनामा निर्माण हुने सम्पुर्ण संरचनाहरुको मात्र लागत अनुमान गरिएको छ । आयोजना निर्माणको दौरान हुन आउने अन्य विविध खर्चहरुको बारेमा भने सेनाले बताएको छैन । निर्माणको समयमा आउने विविध र भैपरी खर्चको नेपाल सरकारले उपलब्ध गराउने नेपाली सेनाले बताएको छ ।
दुर्त मार्ग खोकनाबाट सुरु भई निजगढ सम्म ७२ दशमलव ५ किलोमिटर को ४ लेनको बाटो निर्माण हुने भएको छ । यो यसअघिको डिपिआर को भन्दा ३ दशमलब ७० किलोमिटर सडक लम्बाई कमी हो । पहाडी भू–भागमा २५ मिटर र समथरमा २७ मिटर चौडाको बाटो निर्माण हुने भएको छ । यस मार्गमा बन्ने ८७ पुलमध्ये विशेष प्रकृतिको १६ र अन्य पुल ७१ वटा बनाइने भएको छ ।
यो सडकमा ३ वटा सुरुङ्ग मार्ग बन्ने भएको छ । महादेव डाँडामा ३ दशमलव ३५ किलोमिटर र छोक्रेमा १ दशमलव ६३ किलोमिटर र लेनडाँडामा १ दशमलब ४ किलो मिटर सुरुङ्ग मार्ग बन्ने छ । यसअघि एसियाली विकास बैकले यसअघि छोक्रेडाँडा, ठिंगन र लेन डाँडामा १ दशमल ३७ किलोमिटरको सुरुङ्गमार्ग बनाउने प्रस्ताव गरेकोमा सेनाले पुनः रेखाँकन गरेर तीन स्थानमा सुरुङ्ग मार्ग बनाउन लागेको हो ।
खोकनाको विवाद मिलाउनका लागि सेनाले दुई स्थानको रेखाँकन परिर्वतन गरेको छ । खोकना क्षेत्र र महादेवटार लेन डाँडा क्षेत्र गरि दुई ठाउमा रेखाँकन परिर्वतन भएको हो । धार्मिक एवम् सांस्कृतिक महत्व बोकेको खोकना इलाकाको सिकाली मन्दिर साथै कोदेश क्षेत्रलाई संरक्षण हुने गरि सामान्य रेखाँकन परिर्वतन गरिएको नेपाली सेनाले जनाएको छ । साथै महादेवटारदेखि लेनडाँडासम्मको खण्डमा एडिबीद्धारा प्रस्तावित टनेलको विकल्पमा तथा नयाँ थप टनेलहरु सहित रेखाँकन परिर्वतन भएको छ ।
दुर्त मार्गको सम्पूर्ण कामको ८ प्रतिशत काम सम्पन्न भइसकेको सेनाले जनाएको छ । रक्षा मन्त्रालयले पेश गरेको ५ महिनापछि यहि भदौ १ गते मन्त्रिपरिषद् बैठकले दु्रत मार्ग निर्माणको डिपिआर स्वीकृत गरेको थियो । दुर्त मार्ग निर्माणको क्रममा १ लाख ५१ हजार रुख काटिने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)