काँग्रेस सभापति देउवाद्वारा प्रदर्शनी अवलोकन
काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भृकुटीमण्डपमा जारी नेपाल यार्न एण्ड टेक्सटाइल एक्स्पो अवलोकन गरेका छन् ।
नेपाली उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल धागो उत्पादक सङ्घले आयोजना गरेको पाँचदिने प्रदर्शनी अवलोकन गरी उनले केही उत्पादनसमेत खरीद गरे । सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रियामा सभापति देउवाले नेपाली उत्पादनलाई प्रवद्र्धन गरिनुपर्नेमा जोड दिए ।
अवलोकनमा सांसदहरु पुष्पा भुसाल र दिव्यमणि राजभण्डारी पनि सहभागी थिए । धागो उत्पादक सङ्घका अध्यक्ष पवन गोल्यानले उनलाई नेपाली धागो र कपडा उद्योगका विषयमा जानकारी गराए थिए ।
धागोमा नेपाल आत्मनिर्भर भए पनि कपडा अझै आयात गर्न बाध्य हुनु परेको उनले सुनाए । हाल मागको १५ प्रतिशत कपडा मात्र नेपालमा उत्पादनमा हुन्छ । पचासी प्रतिशत विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको धागो उत्पादक सङ्घले जनाएको छ ।
धागो भने वार्षिक रु ११ अर्बको निर्यात हुने गरेको छ । विद्युत् र बैंक ब्याजदरमा सहुलियत दिए कपडामा पनि आत्मनिर्भर बन्न सकिने व्यवसायीको भनाइ छ ।
चोरी पैठारी र न्यून बिजकीकरणको समस्याले पनि नेपाली कपडा उद्योगलाई असर गरेको छ । यसलाई रोक्न पनि व्यवसायीले सरकारसँग माग गरेका छन् ।
भोलि आइतबारसम्म चल्ने प्रदर्शनीमा दर्शकको उल्लेख्य उपस्थिति छ । नेपालीको महान् बडादशैँ तथा शुभ दीपावलीको पूर्वसन्ध्यामा प्रदर्शनी आयोजना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सभामुखसहित संसदीय टोलीद्वारा टीकापुर पार्क अवलोकन
-
विश्वकपअघि बेल्जियमको शानदार जित
-
अन्तिम विश्वकपका लागि मेस्सीले सार्वजनिक गरे विशेष बुट ‘द लास्ट ट्याङ्गो’
-
फुल्चोकीको जंगलमा अलपत्र परेका दुई विद्यार्थीसहित चार जनाको सकुशल उद्धार
-
‘दिल्लीझैँ हिम्मत र सही व्यवस्थापन गरे काठमाडौँमा मेट्रो रेल असम्भव छैन’
-
‘मैले जे–जति गरे, राष्ट्र हितकै लागि गरेँ’ : धुर्मुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण