‘मैले जे–जति गरे, राष्ट्र हितकै लागि गरेँ’ : धुर्मुस
सारांश
- अभिनेता सीताराम कट्टेल (धुर्मुस)ले भरतपुर क्रिकेट रंगशाला निर्माणमा रहेको १८ करोड ४३ लाख रुपैयाँ ऋणको विषयमा नेपाल सरकारसँग छलफल गर्न स्वदेश फर्किएको बताएका छन् ।
- उनले आफूले जे जति काम गरे, त्यो राष्ट्र हितकै लागि भएको र सबै काम पारदर्शी तथा अनुमानित बजेटभन्दा कममा भएको दाबी गरेका छन् ।
- कट्टेलले वर्तमान सरकारबाट न्याय पाउने आशा व्यक्त गर्दै प्रधानमन्त्रीलाई भेटेर आफूले गरेका कामबारे जानकारी गराउने बताएका छन् ।
काठमाडौँ । अभिनेता सीताराम कट्टेल (धुर्मुस)ले आफ्नो पीडा सरकारलाई राख्दै न्याय माग्न स्वदेश फर्किएको बताएका छन् । भरतपुर क्रिकेट रंगशाला निर्माणमा रहेको १८ करोड ४३ लाख रुपैयाँ ऋणको विषयमा नेपाल सरकारसँग छलफल गर्ने उनको भनाइ छ ।
‘मेरो अहिले अमेरिका फर्किहाल्ने कुनै योजना छैन । रङ्गशालाको विषयमा केन्द्रीय सरकार, भरतपुर महानगरपालिका लगायतसँग छलफल समेत गर्नेछु’, कट्टेलले रातोपाटीसँग भने ‘मेरो भरका जति पनि कन्ट्रक्सनका साथीहरू रहनु भएको छ । उहाँहरूको लागि अहिले न्याय पक्कै पनि मिल्नेछ ।’ विगतमा पाँच वर्ष सिंहदरबार धाउँदा पनि आफूले यस विषयमा न्याय नपाएको गुनासो गरेका कट्टेलले देशमा नयाँ सरकार आएकोले आफूलाई न्याय मिल्छ भन्ने आशा जागेको सुनाए ।
‘मैले जे जति गरे, त्यो राष्ट्रका हिटका लागि हो । त्यो राष्ट्रको हितमा छ कि छैन । त्यो राम्रोसँग हेरियोस्’, कट्टेलले थपे ‘जति पनि काम भएको छ, त्यो पारदर्शी र अनुमानित रकम भन्दा कम बजेटमा र उत्कृष्ट भएको छ ।’ यस विषयमा सकरकारका विभिन्न निकायले जाँच समेत गरिसकेको उनको धारणा छ । ‘अहिलेका प्रधानमन्त्री कलाकर्मी हुनुहुन्छ । म उहाँलाई भेटेर सबै कुरा राख्नेछु’ उनले भने ।
आफूले रङ्गशाला र देशका लागि निस्वार्थ धेरै काम गरेको स्मरण गर्दै कट्टेलले आफ्नो अमेरिकामै बस्ने कुनै पनि योजना नरहेको स्पष्ट पारे ।
‘म अहिले जे छु, यो देश र कलाकारिताले दिएको हो । त्यसैले यसलाई माया मार्न सक्दिन’, उनले थपे । अमेरिकासँग जोडेर आफ्ना विषयमा बाहिर आएका जतिपनि खरब छन् ती भ्रामक भएको बताएका कट्टेलले अमेरिका जानु छोरीको उपचार बाहेक अन्य कारण नभएको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै उपत्यकाका पौडी पोखरीमा बढ्यो भिडभाड, तस्बिरहरु
-
कांग्रेस कपिलवस्तुका सहसचिव अरशदले दिए राजीनामा
-
‘द लास्ट डान्स’
-
प्रधानमन्त्रीको निर्देशनअनुसार काम गरिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता
-
पूर्व सांसद तथा एमाले नेता गुप्ताको निधन
-
नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पीटुपी रेमिट्यान्स सेवा सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण