मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

कातिक २९ मा ‘सम्हाली राख है’

बिहीबार, ०९ असोज २०७६, १४ : ४३
बिहीबार, ०९ असोज २०७६

काठमाडौं– आरएल मोक्तानको निर्देशन रहेको फिल्म ‘सम्हाली राख है’ २९ कात्र्तिकबाट प्रदर्शनमा आउने भएको छ । फिल्मको रिलिज मिति कार्तिक २९ तय भएको निर्देशक आरएल मोक्तानले बताए । तारा शंकर फिल्मस् प्रालीको ब्यानरमा शंकर कार्कीको प्रस्तुति रहेको फिल्म हरिकृष्ण महर्जनले निर्माण गरेका हुन् । श्यामकृष्ण महर्जन सह निर्माता रहेको फिल्ममा विक्रम कार्कीको कथा, ग्रिस रिजालको सम्पादन, देव महर्जनको एक्सन, जनक कार्की र राजेश शाहीको नृत्य, राजेश श्रेष्ठ र दीपक रमणको संगीत समेटिएको छ । 

फिल्ममा अर्जुन कुवँर, सितल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहशा कार्की, अन्जना खत्री, शंकर कार्की लगायत कलाकारको अभिनय छ ।  शंकर अधिकारी घायल र दीपक रमणको शब्द रहेको गीत हिमाल सागर, अनु चौधरी र नित्या शिवाको स्वर समेटिएको छ ।

निर्देशक आरएल मोक्तानकै पठकथा सम्वाद रहेको फिल्मका मुख्य सहायक निर्देशक सुमन चापागाइ हुन् । काठमाडौ, कुलेखानी र दोलखाको आकर्षक दृश्य फिल्ममा समेटिएका छन् । युवायुवतीमा अहिले मौलाएको प्रेमकथालाई आकर्षक तवारले समसामहिक बिषयवस्तुसँग मिश्रण गरेर सन्देशमूलक प्रस्तुतिका साथ फिल्म निर्माण भएको निर्माता हरिकृष्ण महर्जनले बताए । ‘नेपाली फिल्ममा अर्गानिक कथाको माग हुँदै आएको छ’ निर्माता महर्जनले भने ‘आफ्नै कथामा दर्शकका लागि राम्रो फिल्म दिन ‘सम्हाली राख है’ बनेको हो ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप