अध्यक्ष बस्नेतको राजीनामा माग्दै महासचिव शाही समूहले गर्यो पार्टी कार्यालयमा प्रदर्शन
काठमाडौँ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टी कार्यालय सानेपा आउँदा नेपाल तरुण दलकाअध्यक्ष जितजंग बस्नेतलाई कारबाहीको माग गर्दै महासचिव भुपेन्द्रजंग शाही समूहले विरोध प्रदर्शन गरेका छन् । तरण दलका महासचिव शाही समूहले शुक्रबार पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेको हो ।
उनीहरुले तरुण दलका अध्यक्ष जीतजंग बस्नेतको राजीनामा माग्दै प्रदर्शन गर्नुका साथै नाराबाजी गरेका छन् । प्रर्दशनलगत्तै सभापति देउवालाई भेटेर महासचिव शाहीले ज्ञापन पत्र बुझाए। अध्यक्ष बस्नेत र महासचिव शाहीले एकअर्कालाई कारबाही गरेपछि तरूण दलभित्र बिबाद सिर्जना भएको छ।
काँग्रेसले आजै दिउँसो १ बजेका लागि बोलाएको केन्द्रीय समिति बैठक ३ बजेसम्म पनि सुरु भएको छैन । निर्धारित समयमा सभापति देउवा नपुगेपछि बैठक सुरु हुन नसकेको हो ।
आजको बैठकमा म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन, विधान निर्माण तथा परिमार्जन, एकरूपता, नयाँ निवेदन परेका भ्रातृ, शुभेच्छुक, जनसम्पर्क समितिका विषयमा निर्णय गर्ने नेताहरुले बताएका छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखसहित संसदीय टोलीद्वारा टीकापुर पार्क अवलोकन
-
विश्वकपअघि बेल्जियमको शानदार जित
-
अन्तिम विश्वकपका लागि मेस्सीले सार्वजनिक गरे विशेष बुट ‘द लास्ट ट्याङ्गो’
-
फुल्चोकीको जंगलमा अलपत्र परेका दुई विद्यार्थीसहित चार जनाको सकुशल उद्धार
-
‘दिल्लीझैँ हिम्मत र सही व्यवस्थापन गरे काठमाडौँमा मेट्रो रेल असम्भव छैन’
-
‘मैले जे–जति गरे, राष्ट्र हितकै लागि गरेँ’ : धुर्मुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण