शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अध्यक्ष बस्नेतको राजीनामा माग्दै महासचिव शाही समूहले गर्यो पार्टी कार्यालयमा प्रदर्शन

शुक्रबार, १० असोज २०७६, १५ : १७
शुक्रबार, १० असोज २०७६

काठमाडौँ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टी कार्यालय सानेपा आउँदा नेपाल तरुण दलकाअध्यक्ष जितजंग बस्नेतलाई कारबाहीको माग गर्दै महासचिव भुपेन्द्रजंग शाही समूहले विरोध प्रदर्शन गरेका छन् । तरण दलका महासचिव  शाही समूहले शुक्रबार पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेको हो । 

उनीहरुले तरुण दलका अध्यक्ष जीतजंग बस्नेतको राजीनामा माग्दै प्रदर्शन गर्नुका साथै नाराबाजी गरेका छन् । प्रर्दशनलगत्तै सभापति देउवालाई भेटेर महासचिव शाहीले ज्ञापन पत्र बुझाए। अध्यक्ष बस्नेत र महासचिव शाहीले एकअर्कालाई कारबाही गरेपछि तरूण दलभित्र बिबाद सिर्जना भएको छ।

काँग्रेसले आजै दिउँसो १ बजेका लागि बोलाएको केन्द्रीय समिति बैठक ३ बजेसम्म पनि सुरु भएको छैन । निर्धारित समयमा सभापति देउवा नपुगेपछि बैठक सुरु हुन नसकेको हो । 

आजको बैठकमा म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन, विधान निर्माण तथा परिमार्जन, एकरूपता, नयाँ निवेदन परेका भ्रातृ, शुभेच्छुक, जनसम्पर्क समितिका विषयमा निर्णय गर्ने नेताहरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप