प्रतिगमनकारी शक्तिले पुनःराज्य कब्जा गर्ने कल्पना नगरे हुन्छ ः प्रवक्ता श्रेष्ठ
हेटौँडा – नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले व्यवस्था परिवर्तनमा जस्तै वर्तमान व्यवस्थालाई स्थापित गर्न र देश विकास गर्न सबै दलबीच एकता आवश्यक रहेको बताएका छन्।
रेडियो सन्देशको आयोजनामा आज भएको प्रदेश नं ३ का पत्रकारको भेलामा उनले मुलुकको परराष्ट्र नीति, शिक्षा नीति तथा विकासको ठोस योजनामा आम सहमति हुनुपर्ने आवश्यकता रहेको उल्लेख गरे। “राष्ट्रले विकासमा फड्को मार्न सबै दल तथा नागरिक समुदायबीच आम एकता आवश्यक छ”, उनले भने ।
उनले लोकतन्त्र विरोधी शक्तिले सत्ता हत्याउन खोज्यो भन्ने गरिए पनि प्रतिगमनकारी शक्तिले पुनःराज्य कब्जा गर्ने भन्ने कुरा कल्पना गर्नै नसकिने बताए । विस्थापित शक्ति जहिले पनि चलमलाउन खोज्नु सामान्य भएको बताउँदै नेता श्रेष्ठले लोकतान्त्रिक शक्तिले राम्रो काम नगर्ने हो भने मात्र त्यस्ता शक्तिले अवसर पाउने धारणा राखे ।
प्रवक्ता श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहितको सुशासनबिना देशको अर्थतन्त्रको विकास नहुने धारणा राखे ।
देश विकासको बाधकका रूपमा रहेको असारे विकासको अवधारणा परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो । नेता श्रेष्ठले बजेट छुट्याउने तर सम्पूर्ण बजेट खर्च गर्न नसक्ने परिपाटीको अन्त्य गर्नुपर्ने आवश्यकता रहेको बताए ।
अब कसैलाई दोष दिएर वा कसैलाई देखाएर पन्छिने अवस्था नरहेकाले काम गरेर देखाउनु एकमात्र विकल्प रहेको उनको भनाइ थियो । विश्वकै सुन्दर र अत्यन्त सम्भावना भएको राष्ट्र पाएर पनि यहाँका साधन स्रोतको उचित प्रयोग गर्न नसकिरहेको अवस्थामा सबै दल, वर्ग र क्षत्रेका नागरिक एक भएर लाग्नुपर्ने उनले बताए ।
समृद्ध नेपाल निर्माण गर्न ठूलो दल भएकाले नेकपाले नेतृत्व गरे पनि प्रतिपक्षी दल पनि उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने उनको धारणा थियो ।
उनले समाजवादोन्मुख समावेशी लोकतन्त्रलाई सफल बनाउन हिजोसँगै लडेका शक्तिबीच सहकार्य आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण