दशैँमा बलि दिइने प्राणीहरुको आत्माको शान्तिको कामना गर्दै मौन व्रत
धादिङ । बहुसङ्ख्यक हिन्दू धर्मावलम्बी पशुबलि दिएर दशैँ मनाइरहेका बेला बौद्धधर्मावलम्बी भने फूलपातीदेखि गुम्बाहरुमा न्युङ्ने अर्थात् मौन ब्रत बसिरहेका छन् । उनीहरु दशैँमा बलि दिइने प्राणीहरुको आत्माको शान्तिको कामना गर्दै मौन व्रत बसेका हुन् ।
दशँैमा बलि दिइएका पशुपक्षीको आत्माको शान्तिका लागि बौद्धधर्मावलम्बीले मौन ब्रत बसी धादिङका १९ गुम्बामा ध्यान गरिरहेको लामा गुरु कर्मदोर्जे लामा बताउँछन् ।
जीवनमा जानी वा नजानी गरिएका कुकर्म र पापबाट मुक्त हुने विश्वासका साथ बौद्धधर्मावलम्बी न्युङ्ने व्रत बस्ने चलन रहेको छ । ङ्युङ्ने व्रत मनलाई शान्त र धैर्य हुन सिकाउने एक किसिमको ध्यान अर्थात् उपसना हो । बौद्ध धर्मावलम्बी विभिन्न समयमा न्युङ्ने व्रत बस्छन् । दशैँमा बस्ने न्युङने व्रतको भने छुट्टै महत्व रहेको लामाको भनाइ छ ।
पहिले पहिले गुम्बामा लामागुरुहरु मात्र न्युङ्ने ब्रत बस्ने गर्थे तर हिजोआज युवा र बालबालिका पनि उत्सुकताका साथ न्युङ्ने बसिरहेका छन् । न्युङ्ने बस्दा आफूले चाहेको कामना पूरा हुने र परिवारमा समेत सुखशान्ति हुने विश्वास रहेको १० वर्षीय सबुत तामाङको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
-
न्यायबारे सचेतना फैलाउन ‘विद्यार्थीसँग अदालत’ कार्यक्रम
-
रास्वपा तनहुँको सभापतिमा विश्व बास्तोला विजयी
-
दुई दिनको बिदाले जावलाखेल चिडियाखानामा आगन्तुक बढे
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
-
पाँचथरमा गुरुङकाे सभापतित्वमा रास्वपाकाे नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण