विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समितिबाट गुणराज लोहनी आउट, यस्ता छन् अन्य १० निर्णय
काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय सदस्य गुणराज लोहनीलाई पार्टी केन्द्रीय समितिको जिम्मेवारीबाट मुक्त गरेको छ । पार्टीको आठौं पूर्ण बैठकका निर्णयहरु विज्ञप्तिमार्फत सार्वजजिक गर्दै महासचिव विप्लवले सो कुराको जानकारी दिएका छन् ।
केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका लोहनीको स्वास्थ्य समस्याका कारण केन्द्रीय समितिमा रहेर काम गर्न कठिनाई भएकोले उनलाई विदाई गरिएको विज्ञप्तिमा जनाइएको छ । बैठकले पार्टी संगठनभित्रको शुद्धीकरणलाई जोड दिँदै पार्टीका सम्पूर्ण क्षेत्रहरु तल्ला कमिटी, जनसेना, जवस, मोर्चा र विभागहरुमा तदारुकताका साथ सञ्चालन गर्ने निर्णय समेत गरिएको विज्ञप्तिमा जनाइएको छ ।
बैठकले पार्टीको योजनामा कार्यरत रहँदा गिरफ्तारमा परेर जेल जीवन विताइरहेका पार्टी नेता सुदर्शन, माइला लामा, प्रज्वल, बन्धु चन्द, नविन लगायतको शीघ्र रिहाईको माग समेत गरेको छ । बैठकले यी लगायत अन्य १० निर्णय समेत गरेको छ ।