आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पटका पड्काउँदा आगलागी, एक घर पूर्णरुपमा जलेर नष्ट

मङ्गलबार, १२ कात्तिक २०७६, २१ : ४१
मङ्गलबार, १२ कात्तिक २०७६

पटका पड्काउने क्रममा सप्तरीको राजविराजमा आज राति ७ बजे अचानक आगलागी हुँदा रु तीन लाखको क्षति भएको छ ।  राजविराज नगरपालिका–८ स्थित हिमालय टोलमा स्थानीयवासी शिवेश सिंहको घरमा पटका पड्काउने क्रममा आगलागी भएको स्थानीयवासी शोरभ यादवले जानकारी दिए । उनको एउटा घर पूर्णरुपमा जलेर नष्ट भएको पीडित परिवारले जनाइएको छ  ।

सो आगलागीबाट नगद, जिन्सी, भाँडाकुँडा र सरसमान जलेर नष्ट हुँदा करीब रु तीन लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगोलाई स्थानीयवासी र प्रहरीको सहयोगमा निभाइएको छ । समयमा बारुण यन्त्र नपुग्दा आगोबाट बढी क्षति भएको स्थानीयवासी यादवको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप