उम्मेदवारी दर्ताका लागि भक्तपुरमा र्यालीसहित जाने दलहरुको तयारी
भक्तपुर । प्रदेश सभा सदस्य पदका लागि मङ्सिर १४ मा हुने उपनिर्वाचनको उम्मेदवार मनोनयनपत्र दर्ता गर्न प्रमुख दलहरु र्यालीसहित निर्वाचन कार्यालय जाने भएका छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार नेपाली काँग्रेस भक्तपुरले भक्तपुर क्षेत्र नं १को प्रदेशसभा(क) तर्फको उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारी मनोनयन दर्ता गर्न र्याली सहित जाने जनाएको छ ।
त्यसका लागि काँग्रेसले बिहीबार बिहान साढे १० बजे कमलबिनायक चोकमा भेला भएर र्याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय जाने तयारी गरेको छ ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भक्तपुरले कमल बिनायक भत्केको पार्टीमै भेला भएर र्यालीसहित भक्तपुर क्षेत्र नं १ को प्रदेशसभा (क)तर्फको उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराउन जाने तयारी गरेको छ । नेकपाले मनोनयनका लागि ११ बजे र्यालीसहित आयोगको कार्यलय पुग्ने जनाएको छ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले १० बजे दुधपाटीमा भेला भएर र्याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय जाने जनाएको छ ।
बिबेकशिल साझा, नेपाल मजदुर किसान पार्टी भक्तपुरले भक्तपुरले पनि छुट्छुटटै समयमा उम्मेदवारी मनोनयन दर्ताका लागि र्यालीसहित जाने जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण