रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेश अधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि पुनः मतदान हुने भएको छ।
- सभापति पदका लागि ६ जनाबिच प्रतिस्पर्धा भएकोमा कसैले पनि आवश्यक बहुमत हासिल गर्न नसकेकाले सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबिच दोस्रो चरणको मतदान गरिने भएको हो।
- निर्वाचन परिणामअनुसार, सालिकराम घिमिरे र गोपाल घिमिरेबिच दोस्रो चरणको प्रतिस्पर्धा हुनेछ।
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेश अधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि पुनः मतदान हुने भएको छ।
मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाका अनुसार सभापति पदका लागि ६ जनाबिच प्रतिस्पर्धा भएको थियो। तर कसैले पनि आवश्यक बहुमत हासिल गर्न नसकेकाले सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबिच दोस्रो चरणको मतदान गरिने भएको हो।
निर्वाचन परिणामअनुसार, सालिकराम घिमिरे (रुपन्देही) १९९ मत, गोपाल घिमिरे (अर्घाखाँची) ८७ मत, गणेश पौडेल (रुपन्देही) ८४ मत, डा राजकुमार सुवेदी (बाँके) ८० मत, मञ्जु भुसाल (रुपन्देही) ७१ मत र मधुप्रसाद अर्याल (रुपन्देही)ले १९ मत प्राप्त गरेका छन्।
निर्वाचन अधिकृत सापकोटाले धेरै मत प्राप्त गरेका सालिकराम घिमिरे र गोपाल घिमिरेबिच दोस्रो चरणको प्रतिस्पर्धा हुने जानकारी दिए।
दाङको घोराहीमा जारी अधिवेशन अन्तर्गत शनिबार साँझ सम्पन्न मतदानमा कुल ५५२ मत खसेको थियो। अब दोस्रो चरणको मतदानबाट सूचना प्रकाशित गरेको उल्लेख्य गर्दै ती दुई जना मध्ये सहमति नभएमा सभापति मा १० बजेपछि मतदान गर्ने सूचना प्रकाशित गरेको बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण