‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
सारांश
- चर्चित गायिका विष्णु माझीले लामो समयपछि आफ्नो कम्पनीबाहिरको गीत ‘झोर्ले हजुर’ मा स्वर दिएकी छन्।
- विगत केही वर्षदेखि विष्णु माझीले आफ्नै सपना म्युजिक इन्डस्ट्रिजमार्फत तीज र दशैं विशेष गीतहरू मात्र सार्वजनिक गर्दै आएकी थिइन्।
- मगर समुदायमा अभिवादनका रूपमा प्रयोग हुने शब्द ‘झोर्ले’ लाई प्रतीक बनाएर तयार गरिएको गीतले तीजका विरह र वेदनाभन्दा फरक भाव प्रस्तुत गरेको छ।
काठमाडौँ । चर्चित गायिका विष्णु माझीले लामो समयपछि आफ्नो कम्पनीबाहिरको गीतमा स्वर दिएकी छन्। शनिबार सार्वजनिक ‘झोर्ले हजुर’ बोलको गीतमार्फत उनी बाहिरी प्रोजेक्टमा सुनिएकी हुन् ।
विगत केही वर्षदेखि विष्णु माझीले आफ्नै सपना म्युजिक इन्डस्ट्रिजमार्फत तीज र दशैं विशेष गीतहरू मात्र सार्वजनिक गर्दै आएकी थिइन्। उनका नयाँ गीत सुन्न प्रायः तीजको प्रतीक्षा गर्नुपर्थ्यो । तर यसपटक उनको गीत तीजअघि नै आएको छ ।
‘झोर्ले हजुर’मा विष्णु माझीसँग गायक बाबुकृष्ण परियारको पनि स्वर रहेको छ। गीतका शब्द रमेश बिजीले लेखेका हुन् भने सङ्गीत बाबुकृष्ण स्वयंले तयार पारेका छन्।
मगर समुदायमा अभिवादनका रूपमा प्रयोग हुने शब्द ‘झोर्ले’लाई प्रतीक बनाएर तयार गरिएको गीतले तीजका विरह र वेदनाभन्दा फरक भाव प्रस्तुत गरेको छ।
गीतको भिडियोमा बाबुकृष्ण परियारसँगै सुजैन सिंह खड्काको अभिनय देख्न सकिन्छ। मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायांकन र अमृत चापागाईंको सम्पादन छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण