भारतले भन्यो–नयाँ नक्सामा नेपालको भूमि मिचिएको छैन
काठमाडौँ । भारतले हालै सार्वजनिक गरिएको आफ्नो देशको राजनीतिक नक्सामा नेपालको भूमि नमिचिएको दाबी गरेको छ।
भारतले कालापानी क्षेत्रको नेपाली भूमि मिचेको भन्दै नेपालमा व्यापक विरोध भइरहेको बेला उसले नक्सा ठीक भएको दाबी गरेको हो ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले नयाँ नक्साले भारतको यथार्थ सार्वभौम क्षेत्रलाई समेटेको दावी गर्दै भने, ‘नयाँ नक्सामा कुनै पनि हिसाबले नेपाल भारत सीमा परिमार्जन गरिएको छैन ।’
प्रवक्ता कुमारले नेपालसँग जोडिएका सीमा व्यवस्थित गर्न दुइदेशीय संयन्त्रले काम गरिरहेको भन्दै द्विपक्षीय सम्बन्धका आधारमा सम्वादमार्फत समाधान खोज्ने प्रतिबद्धता समेत जनाए।
यसअघि बुधबार नेपाल सरकारले नेपाली भूमि भारतीय नक्सामा समेटिएको बेला आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।
दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरु दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनु पर्ने भन्दै सरकारले एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई अमान्य हुने सरकारको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण