डा गोविन्द केसीलाई सुविधासम्पन्न अस्पतालमा पठाउनेबारे छलफल गर्न सर्वपक्षीय बैठक
काठमाडौं । आमरण अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था लगातार बिग्रिएपछि उनलाई सुविधासम्पन्न अस्पतालमा पठाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराले पहल थालेको छ ।
जिल्ला प्रशासन कार्यालयमा बिहान करिब ११ बजेदेखि सर्वपक्षीय छलफल भइरहेको प्रशासन कार्यालयले जनाएको छ ।
डा. केसीलाई बाहिर पठाउनका लागि डडेल्धुरामै सेनाको ब्यारेकमा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । स्रोतका अनुसार जिल्ला अस्पताल डडेल्धुराले डा. केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको भन्दै सुविधासम्पन्न अस्पतालमा लैजान सुझाव दिएपछि जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय छलफल थालेको हो ।
डा. केसीले भने आफ्ना माग पुरा नभएसम्म अनशन जारी रहने भन्दै डडेल्धुराबाट बाहिर नजाने अडान लिँदै आएका छन् ।
विगतमा सरकारसँग भएका सहमतिहरु कार्यान्वयन नभएको भन्दै डा. केसी १७ औं अनशनमा बसेका हुन् । एउटा निजी घरमा गत साता अनशन थालेका उनलाई स्वास्थ्य अवस्था बिग्रिदै गएपछि जिल्ला अस्पताल ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण