कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
सारांश
- नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यहरूको डिजिटल्ली अद्यावधिक गर्ने म्याद जेठ २८ गते रातिसम्म थप गरेको छ ।
- महामन्त्री प्रदीप पौडेल नेतृत्वको समितिले यसअघि बिहीबारसम्मका लागि म्याद थपेको थियो ।
- १५ औँ महाधिवेशनका लागि नवीकरण गरेका क्रियाशील सदस्यहरूले अनिवार्य रूपमा डिजिटल्ली अद्यावधिक गर्नुपर्ने प्रावधानमा देउवा र कोइराला समूहले पुनः अद्यावधिक नगर्ने अडान राखेका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यहरूको डिजिटल्ली अद्यावधिक’ गर्न समय थप गरेको छ । समितिले जेठ २८ गते रातिसम्म म्याद थपेको हो ।
यसअघि समय थपेर बिहीबारसम्मका लागि समय दिइएको थियो । र महामन्त्री प्रदीप पौडेल नेतृत्वको समितिले अब एकमुस्ट समय नथप्ने बताए पनि अन्तिममा आएर समय थप गरिएको हो ।
पौडेल नेतृत्वको समितिको वैशाख ३१ गते बसेको बैठकले क्रियाशील सदस्यता वितरण, छुट नवीकरण र अद्यावधिक सम्बन्धी कार्य २०८३ जेठ २१ गते भित्र अनिवार्य रूपमा सम्पन्न गर्नु पर्ने निर्णय गरेको थियो ।
१५ औँ महाधिवेशनका लागि नवीकरण गरेका क्रियाशील सदस्यहरूले अनिवार्य रूपमा ‘डिजिटल्ली अद्यावधिक’ गर्नुपर्ने प्रावधान क्रियाशील सदस्यता व्यवस्थापन समितिले राखे पनि निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहले भने १५ औँ महाधिवेशनका लागि भन्दै नवीकरण गरिएका क्रियाशील सदस्यहरूले पुनः अद्यावधिक नगर्ने अडान राखेका छन् ।
त्यसैले १४ औँ महाधिवेशनमा रहेका ८ लाख ७० हजार बढी क्रियाशील सदस्यमध्ये अहिलेसम्म त्यो संख्याको आधाले मात्रै ‘डिजिटल्ली अद्यावधिक गरेका छन् ।
गत पुस अन्तिम साता भएको विशेष महाधिवेशनपछि कांग्रेसमा विवाद छ । विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ समिति बनाएको छ । त्यो समितिले गठन गरेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले १५ औँ महाधिवेशनका लागि नवीकरण गरेका क्रियाशील सदस्यले पनि ‘डिजिटल्ली अद्यावधिक’ गर्नुपर्ने अनिवार्य व्यवस्था गरे पनि देउवा र शेखर समूहले त्यसलाई अवज्ञा गरिरहेको छ ।
विशेष महाधिवेशन गर्नु अगाडि कांग्रेसले १५ औँ महाधिवेशनका लागि तयारी गरेको थियो । त्यो बेलासम्म कांग्रेसले ४ लाख ५० हजारले क्रियाशील सदस्यता नवीकरण गरेका थिए । अहिले त्यो बेलासम्म नवीकरण गरेकाले पनि अद्यावधिक गरेका छैनन् । त्यो क्रियाशील सदस्यता व्यवस्थापन समिति सदस्यसमेत रहेका पार्टीका सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले बताए ।
‘केहीले प्रविधि नबुझेर र केहीको प्राविधिक समस्या सुल्झाउन समय लागेको भएर केही कम भएको छ । अद्यावधिक गर्ने क्रम चलिरहेको छ । पुग्छ भन्ने हाम्रो अनुमान छ,’ रसाइलीले रातोपाटीसँग भने ।
क्रम चलिरहेको छ । पुग्छ भन्ने हाम्रो अनुमान छ,’ रसाइलीले रातोपाटीसँग भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण