‘च च हुई’को क्यारेक्टर पोष्टरमा आर्यनको कमेडी रुप
काठमाडौं । अभिनेता आर्यत सिग्देलका पछिल्लो समय जति फिल्म रिलिज भए । ती सबैले दर्शक रिझाउन न परै जाओस्, निर्माताको लगानीसम्म पनि सुरक्षित गर्न नसकेको यर्थात छ । तै पनि उनका फिल्म भटाभट रिलिज भइरहेको छ ।
उनै अभिनेता आर्यन अभिनित अर्काे फिल्म ‘च च हुई’ मंसिर ६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले ४ कलाकारको क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ ।
निर्माण युनिटले अभिनेता आर्यन, अभिनेत्री मिरुना, कलाकार भोलाराज सापकोटा र माओत्से गुरुङको क्यारेक्टर पोष्टर सार्वजनिक गरेको हो । पोस्टरमा सबै कलाकार कमेडी स्वरुपमा देखिएका छन् ।
दुई बेकामी युवाले एउटा किताबले विषयमा निर्माण भएको फिल्म साम्तेन भुटियाले निर्देशन गरेका हुन् ।
फिल्ममा पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायत कलाकारको समेत अभिनय रहेको छ ।
रोमान्टिक–कमेडी जनरामा तयार भएको बताइएको फिल्मलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् ।
सुशन प्रजापतिको छायाँकन रहेको फिल्ममा सिजन दाहाल र सन्देश अर्यालको पटकथा, राजनराज शिवाकोटी र रोशन थापाको संगीत, श्री श्रेष्ठको द्वन्द र शिशिर खातीको कोरियोग्राफी छ ।