चर्चित स्ट्राइकर डेभिड भिल्लाको खेल जीवनबाट सन्यास लिने घोषणा
स्पेनिस राष्ट्रिय फुटबल टोलीका चर्चित स्ट्राइकर डेभिड भिल्लाले खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । बार्सिलोनाका पूर्वस्टार भिल्लाले अर्को महिना जापानी लिगको समाप्तिसँगै सबैखाले फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् ।
३७ वर्षीय भिल्ला स्पेनका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनले स्पेनका लागि ९८ खेल खेल्दै ५९ गोल गरेका छन् । भिल्ला १९ बर्षदेखि स्पेनिस टोलीमा सक्रिय थिए । सन् २०१० को विश्वकप उपाधि स्पेनलाई जिताउन भिल्लाको भूमिका विशेष थियो । उनी स्पेनले २००८ मा युरोपक जित्दाका पनि मुख्य खेलाडी थिए । घरेलु क्लब बार्सिलोनाबाछ २०१० देखि २०१३ सम्म खेलेका भिल्लाले त्यहाँ पनि आफ्नो बलियो छाप छाडे ।
बार्सिलोनालाई उनले दुई पटक स्पेनिस ला लिगा र एक च्याम्पियन्स लिगको उपाधि पनि जिताए । २०१३ देखि २०१४ सम्म एक सिजन एट्लेटिको म्याड्रिडबाट खेलेका भिल्लाले त्यसपछि सन् २०१८ सम्म न्युयोर्क सिटीबाट ब्यवसायिक फुटबल खेले । उनी पछिल्लो समय जापानी क्लब भिसेल कोवेमा आवद्ध थिए । आफुले फुटबलमा सकेजति गरेको र फुटबलले पनि आफुलाई धेरै दिएको भिल्लाले बताएका छन् । ‘म पहिल्यै देखि सन्न्यास लिने सोचमा थिएँ । मेरालागि सक्रिय खेलबाट बिदा हुने उपयुक्त समय यही हो,’ भिल्लाले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वाग्मती सफाइ अभियानमा ६ हजार बिरुवा रोपिए
-
मेस्सीको ‘न्यापकिन कनट्र्याक्ट’ १३ करोड रुपैयाँमा बिक्री
-
उदयपुरमा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम
-
फाइनलमा देखाएको अभद्र व्यवहारपछि युभेन्टसद्वारा म्यानेजर बर्खास्त
-
भारत : बसमा आगलागी हुँदा १० जनाको मृत्यु, २० जना घाइते
-
मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते