कविता : लाहुरेको स्तुति
-दिल थापा
सन्देश लिएर आउँछ
हरेक बिहान कलिलो घामले
लाहुरे छोराको स्वाभिमान लिलामी भएको देशमा
मातृभूमि विस्तारवादको घेराबन्दीमा परेको छ भनेर
जब निलो आकाशको सीमारेखाहरुलाई
कालो बादलले घेराबन्दीमा पार्छ नि
अनि घामले किरणको बुलेटहरु प्रहार गर्छ
कालो बादलमाथि
आमा
यो तिम्रो लाहुरे छोरो
कोखमा आएको दिनदेखि
लिलामीमा परेको छोरो
निलो आकाशलाई सधैँ सुरक्षा दिइरहने घाम पनि होइन
कुनै साम्राज्यवादले बनाएको बुलेट होइन
म त मेरो पुर्खाहरुले
अग्रिम बन्दकीमा राखिएको घामको किरण हो
मातृभूमितर्फ सोझिएको
विस्तारवादी बन्दुकको नाल हो
मेरो देशलाई दुखेको बेलामा
म मातृभूमिको पक्षमा हुनुपर्ने बेलामा
तर म लाहुरे छोरा विपक्षमा
भारत माताकी जय शब्दावलीलाई
नशाहरुको ओदानमा तताएर गिदीमा ट्याटु खोपिरहेछु
कालापानीको बलौटे माटोमा लम्पसार परेर
विस्तारवादी वनमारा खेती गर्न हर प्रयास गर्छ
हामीलाई नै खेतला बनाएर हाम्रै कालापानीमा
बुटको ट्याक्टरहरु प्रयोग गरेर
दादागिरीको गोठहरु ठाउँ ठाउँमा खडा गरेर
म आजभोलि मनको मरुभूमिमा
देशभक्ति बिरुवा खोजिरहन्छु
सायद ममा देशभक्तिको बिरुवा भएको भए
सानैमा लाहुरेवादको बाइबलतिर आकृष्ट हुँदैन गिथएँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
-
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
-
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
-
लुम्बिनीमा सडक ठेक्का : नेपाली, भारतीय र चिनियाँ कम्पनीको प्रतिस्पर्धा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण