कविता : प्रायश्चित
-साकार बाबु सुवेदी
मेरा बिहान अनि साँझहरु खिसि गर्छन्,
तँ तैँ माझ भुल्दैछस्, म बर्बाद हुंदै छु ।
घोप्टिएर चुक बनेका रात बात गर्छन्,
तँ गुमाउँदै छस्, म बेपरवाह चल्दै छु ।
मेरा जाँदा र आँउदाका बाटा भन्ने गर्छन्,
तँ स्थिर भइस्, म तेरा लगि दौडदै छु ।
समयको सेरोफेरो, न तेरो हो न मेरो,
तँ कर्म बुझ्दैनस्, म मेरो धर्म नास्दै छु ।
मेरा हिउँद अनि बर्षाका बुट्यानहरु भन्छ्न्,
तैंले मौसम बद्लिइस्, म एकैनासले बढ्दै छु ।
अष्टवक्र झैँ बाटो तेरो हो, कुमालेको चक्र मेरो,
तँ गन्तव्य भुल्दै छस्, म भवितव्य देख्दै छु ।
मेरा झुल्किने अनि अस्ताउने घामहरु भन्छन्,
तैँले हत्केला अघि बढाइस्, म परावर्तित हुँदै छु ।
ग्रीष्मको मध्यान्न तेरो हो, शिशिरको घाम मेरो,
तँ उदाउन छोड्दै छस्, म अस्ताउन डराउँदै छु ।
मेरा औंशी अनि पूर्णिमाका चन्द्रहरु भन्छन्,
तँ अनुहार छोप्दै छस्, म तेरो अकार लिँदै छु ।
आधुनिक मुखुण्डो तेरो हो, कालो कपोल मेरो,
तँ लाखे नाच्दै छस्, म विधाता बास गराउँदै छु ।
मेरा फक्रने अनि ओइलाउने फूलहरु भन्ने गर्छन्,
तँ वर्ग बिर्सिदै छस्, म हरेक मौसम स्वर्ग मै छु ।
उन्मादको सिंडी तेरो हो, सर्वहारा बीचको प्रेम मेरो,
तँ निदाउन छाड्दै छस्, म बिउँझिन डराउँदै छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
-
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
-
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
-
लुम्बिनीमा सडक ठेक्का : नेपाली, भारतीय र चिनियाँ कम्पनीको प्रतिस्पर्धा
-
ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण