नागरिक निराश हुनुहुँदैनः नेता नेपाल
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले निराश नहुन सबै नागरिकलाई आग्रह गरेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले असल समाज निर्माणका लागि आशावादी हुनैपर्ने बताए ।
उनले साहित्यकारहरुलाई सुन्दर समाज निर्माणका लागि प्रेरित गर्नेखालका साहित्यिक कृतिहरुको रचना गर्न पनि आग्रह गरे ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा साहित्यकार संविदा वाग्लेद्धारा लिखित ‘नवपल्लव’ र अर्की साहित्यकार उषा थपलियाद्वारा लिखित ‘नारी, तिमी हारेकी छैनौं’ नामक पुस्तकको एकसाथ लोकार्पण गर्दै उनले सुन्दर समाज निर्माणका लागि साहित्यिक रचनाहरुले पनि प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याए ।
त्यस अवसरमा वरिष्ठ नेता नेपालले समाजमा सकारात्मक योगदान पु¥याउने गरी साहित्यिक कृतिहरुको सृजना गरेको भन्दै साहित्यकारद्वय संविदा वाग्ले र उषा थपलियाप्रति आभार पनि व्यक्त गरे ।
नेता नेपालले समाजमा विध्वंश मच्चाउने खालका कुनै पनि गतिविधि हुन नदिन साहित्यिक रचनाहरुले उत्पेरक तत्वको भूमिका निर्वाह गर्नुपर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण