‘दि कर्मा’ को फष्टलुक सार्वजनिक
काठमाडौं । फिल्म ‘दि कर्मा’को फष्टलुक अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । आगामी माघ १७ गते रिलीज मिति तोक्दै फिल्मले प्रचार प्रसारको पहिलो सामग्री पोस्टर बाहिर ल्याएको हो । देवकुमार श्रेष्ठको निर्देशन रहेको फिल्म जयराज रायले बनाएका हुन् । नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटना बिषय बनाइएको फिल्म जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।
‘दि कर्मा’ को कथा निर्माता जयराज राय आँफैले लेखेका हुन् । रायसँग निर्माण श्रीदेव बिएल र निशा खतिवडाले सहकार्य गरेका छन् । फिल्ममा शारदा खड्का अर्याल सह निर्माताको रुपमा रहेकी छन् । नेपालको तराई क्षेत्रमा छायाँकन भएको फिल्ममा भारतका मोडल तथा कलाकार करण वर्माको अलवा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दि तामाङ्ग, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतका कलाकारको अभिनय छ । ‘दि कर्मा’ मा पटकथा तथा संवाद शुशील पोखरेलको रहेको छ ।
फिल्म अष्ट्रेलियामा, दक्षिण कोरिया, जापान, हङकङ, थाईल्याण्ड, म्यानमार, मलेशिया, विभिन्न खाडी मुलुक, अमेरिका, बेलायत तथा यूरोपमा पनि एकसाथ प्रदर्शनमा आउने निर्माता श्रीदेवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारबाट एमाले पनि बाहिरिने
-
चार जना वरिष्ठ प्रहरी अधिकृतहरूले लगाए बढुवाको फुली
-
बेलायतले भन्यो– इजरायललाई हतियार नदिए हमास बलियो हुन्छ
-
नेप्से सूचक ८ अंकले बढ्यो, सवा तीन अर्बको कारोबार
-
माधव नेपालको दस्ताबेज : माओवादीमा नीतिगत अस्थिरता, एमाले तहसनहस !
-
सरकारी खातामा ३ खर्ब १३ अर्ब नगद मौज्दात