नेप्से सूचक ८ अंकले बढ्यो, सवा तीन अर्बको कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक ८ अंकमाथिले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक ८.२६ अंकले बढ्दै १९७४.५० अंकमा उक्लिएको हो ।
आइतबार कारोबार समेत सवा तीन अर्बमाथिको भएको छ ।
फाइनान्स, होटल तथा पर्यटन समूह र माइक्रोफाइनान्स समूहको उपसूचक बाहेक बाँकी १० वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी नन् लाइफ इन्स्योरेन्सको उपसूचक २.६४ प्रतिशतले बढेको छ भने आइतबार सबैभन्दा बढी होटल तथा पर्यटन समूहको उपसूचक २.४० प्रतिशतले घट्न पुगेको छ ।
सृजनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आइतबार १० प्रतिशतले बढेको छ भने मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.४४ प्रतिशतले घट्न पुगेको छ ।
२४५ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुँदा आइतबार १२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १११ वटाको घटेको छ र ७ वटाको स्थिर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
-
महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते (विवरणसहित)
-
अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
-
इरानलाई हतियार बिक्री नगर्न रुस र चीनलाई अमेरिकी राष्ट्रपतिको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण