बेलायतले भन्यो– इजरायललाई हतियार नदिए हमास बलियो हुन्छ
लन्डन । इजरायललाई हतियार आपूर्ति बन्द गर्दा गाजा युद्धमा हमास बलियो हुने र इजरायली बन्धकहरूको रिहाइका लागि वार्ता गर्न अझ कठिन हुने बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले बताएका छन् । नागरिकको सुरक्षाका लागि ठोस योजना नभएसम्म इजरायलको सेना रफाह सहरमा प्रवेश गर्न नहुनेमा क्यामरुनले जोड दिएका हुन् ।
मध्य गाजाको देर अल–बालाह क्षेत्रमा इजरायली हवाई हमलामा दुई डाक्टरको मृत्यु भएको प्यालेस्टाइन अधिकारीहरूले बताएका छन् । शनिबार इजरायली हमलामा कम्तीमा ३० प्यालेस्टाइनीको मृत्यु भएको थियो । इजरायली सञ्चारमाध्यमका अनुसार इजरायलले कब्जा गरेको वेस्ट बैंक क्षेत्रको नाब्लस शरणार्थी शिविरमा इजरायली सेनाको कारबाहीमा एक प्यालेस्टाइनीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
यसै क्रममा इजरायलले आइतबार बिहान गाजामा पनि आक्रमण गरेको थियो । इजरायलले उत्तरी गाजाका क्षेत्रहरूबाट कम्तिमा एक लाख प्यालेस्टाइनीहरूले आफ्नो घर छोड्नुपर्ने बताएको छ । अहिले गाजामा जान सक्ने कुनै सुरक्षित ठाउँ नभएको प्यालेस्टाइनीहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण