उपनिर्वाचनमा दुई तिहाइ सरकारको कामको मूल्याङ्कन हुन्छ : गगन थापा
भक्तपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले संविधानले दिएको जनताको अधिकारलाई सरकारले संरक्षण गर्नुपर्ने बताएका छन् ।
यही मङ्सिर १४ गते हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनमा काँग्रेसको उम्मेदवार कृष्णलाल भँडेललाई मत माग्न वागेश्वरीमा काँग्रेसले आयोजना गरेको घरदैलो कार्यक्रममा थापाले उपनिर्वाचनले दुई तिहाइ सरकारको कामको मूल्याङ्कन गर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सरकारले जनतालाई शान्तिसुरक्षाको प्रत्याभूति दिन नसकेको आरोप लगाए।
नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेताले काँग्रेसले पैसा बाँडेको अफवाह फैलाउने गरेको आरोप लागए ।
घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु डिला सङ्ग्रौला, कमला पन्त, काभ्रे काँग्रेसका सभापति मधु आचार्यलगायत भक्तपुर जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु, क्रियाशील सदस्यहरु, शुभेच्छुकहरु, स्थानीयवासीको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण