मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

स्कुल बसले किच्दा बालिका र सहचालकको मृत्यु

मङ्गलबार, १६ असार २०८३, २१ : २३
मङ्गलबार, १६ असार २०८३

सारांश

  • सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल बसले किचेर ५ वर्षीया बालिका र बसका सहचालकको मृत्यु भएको छ।
  • विद्यार्थीलाई घरमा छोडेर विद्यालयतर्फ फर्कँदै गरेको बसबाट बालिकालाई झार्ने क्रममा पछाडिको चक्काले किच्दा सहचालक र बालिकाको घटनास्थलमै मृत्यु भएको हो।
  • दुर्घटनापछि फरार रहेका चालकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

काठमाडौँ । सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल बसले किचेर ५ वर्षीया बालिका र बसका सहचालकको मृत्यु भएको छ।

मंगलबार अपराह्न करिब ४ बजे विद्यार्थीलाई घरमा छोडेर विद्यालयतर्फ फर्कँदै गरेको को १ ख ३५९९ नम्बरको पायोनियर एजुकेशन एकेडेमीको बसबाट बालिकालाई झार्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बस अगाडि बढ्ने क्रममा पछाडिको चक्काले किच्दा सहचालक लहान नगरपालिका–२२ निवासी २५ वर्षीय ओमप्रकाश यादव र सोही विद्यालयमा अध्ययनरत ५ वर्षीया समिक्षा कुमारी साहको घटनास्थलमै मृत्यु भएको हो।

समिक्षा सप्तरीको बोधेबरसाइन नगरपालिका–८ काचन स्थायी घर भएकी थिइन्। उनी हाल मावलीको घर सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सामा बस्दै आएकी थिइन्।

दुर्घटनापछि फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप