बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

खैरो हेरोइनसहित सप्तरीबाट एक जना पक्राउ

मङ्गलबार, १६ असार २०८३, १५ : ४१
मङ्गलबार, १६ असार २०८३

काठमाडौँ । प्रहरीले सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नम्बर–२ बाट लागु औषध खैरो हेरोइन सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खडक नगरपालिका–५ खोजपुर घर भएका ६२ वर्षीय अमिन चौधरी छन् । 

मधेस प्रदेश–०१–००५ प २८८३ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलको टुलबक्समा लुकाएर ल्याएको अवस्थामा १०३ ग्राम ७५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एक जना अधिकृतले रातोपाटीलाई बताए । चेकजाँच गर्दा उनको साथमा थप १ ग्राम ४८० मिलिग्राम खैरो हेरोइन भेटिएको छ ।

मंगलबार इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर श्याममणि पोखरेलको कमाण्डमा खटिएको टोलीले आरोपीलाई विष्णपुर–बोदेबर्साइन सड्क खण्डबाट उनलाई पक्राउ गरेको हो । आरोपीमाथि इलाका प्रहरी कार्यालय कडरबोनाले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप