घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
सारांश
- फिफा विश्वकपको अन्तिम ३२ को खेलमा आयोजक मेक्सिकोले इक्वेडरविरुद्ध पहिलो हाफमै २-० को अग्रता लिएको छ।
- मेक्सिकोका लागि जुलियन क्विनोनेसले २२औं मिनेटमा र राउल जिमेनेजले ३१औं मिनेटमा गोल गरे।
- इक्वेडरले केही अवसर पाए पनि मेक्सिकन गोलरक्षकले बचाएका थिए।
काठमाडौँ । फिफा विश्वकप अन्तर्गत अन्तिम ३२ को भिडन्तमा आयोजक मेक्सिकोले इक्वेडरविरुद्ध पहिलो हाफमा २–० को अग्रता बनाएको छ।
मेक्सिको सिटीमा जारी खेलमा घरेलु टोली मेक्सिकोले खेलको सुरुदेखि नै आक्रामक रणनीति अपनाएको थियो। खेलको २२औं मिनेटमा जुलियन क्विनोनेसले सानदार गोल गर्दै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाए।
बायाँ तर्फबाट बललाई अगाडि बढाउँदै उनले प्रहार गरेको शक्तिशाली सट गोलपोस्टको भित्री भागमा लाग्दै जाली चुमेको थियो। पहिलो गोलको खुसीयाली सेलाउन नपाउँदै ३१औं मिनेटमा अनुभवी स्ट्राइकर राउल जिमेनेजले अर्को दर्शनीय गोल थपे।
विपक्षीले डिबक्स नजिकै बल नियन्त्रणमा लिन नसकेको फाइदा उठाउँदै जिमेनेजले २० यार्ड टाढाबाट प्रहार गरेको सट सिधै टप कर्नरमा छिरेपछि मेक्सिकोले आफ्नो स्थिति मजबुत बनायो।
पहिलो हाफमा इक्वेडरको रक्षापङ्क्ति निकै कमजोर र दबाबमा देखियो। यद्यपि, इक्वेडरले पनि गोलका केही अवसरहरू सिर्जना नगरेको होइन। जोन येबोआको एउटा प्रहार गोलपोस्टमा लागेर फर्किएको थियो भने उनको अर्को उत्कृष्ट प्रहारलाई मेक्सिकन गोलरक्षक राउल रंगेलले डाइभ गर्दै जोगाएका थिए।
यस खेलको विजेताले अन्तिम १६ को खेलमा इंग्ल्याण्ड र प्रजातान्त्रिक गणतन्त्र कङ्गोबिचको विजेतासँग सामना गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन अपिल
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण