खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
खोटाङ। खोटाङलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। खोप उमेर समूहका सबै बालबालिकाले नेपाल सरकारले निर्धारण गरेको सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि खोटाङलाई आज पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।
नेपाल सरकारले निःशुल्क प्रदान गर्दै आएको १३ प्रकारको खोपको मात्रा १५ महिनामुनिका सबै बालबालिकाले लगाएको जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। एघार महिनासम्मका एक हजार ४९९, १२ देखि १५ महिनासम्मका ६५३, १६ देखि २३ महिनासम्मका एक हजार २६८, २४ देखि ५९ महिनासम्मका पाँच हजार २१७ र १६ देखि ५९ महिनाका ६ हजार ४७८ जना बालबालिकाले सबै प्रकारको खोप लगाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलप्रसाद पौडेलले जानकारी दिए।
दश स्थानीय तह रहेको जिल्लामा वडा कार्यालय हुँदै सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएपछि जिल्लालाई घोषणा गरिएको जनाइएको छ। यस्तै, आगामी वर्षमा पनि सबै बालबालिकालाई खोपको मात्रा पूरा गर्ने, कसैलाई नछुटाउने प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गरिएको छ। पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तह र स्वास्थ्यकर्मीलाई जिल्ला खोप समन्वय समितिले प्रशंसापत्रसहित सम्मान गरेको छ।
खोटाङलाई पहिलोपटक २०७४ साल पुस १४ गते ३१औँ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको थियो । त्यसपश्चात् हरेक वर्ष पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिँदै आइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
-
आइभरी कोस्टविरुद्ध नर्वेलाई अग्रता, नुसाले गरे गोल
-
जर्मनीकी विकासमन्त्रीसँग राप्रपा सांसद ओलीको भेट
-
एन्फा पूर्व अध्यक्ष शेर्पा हाजिर जमानीमा रिहा
-
एकैपटक हवाई इन्धनको मूल्यमा भारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण