लुम्बिनी प्रदेश सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने
सारांश
- लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनको ११औँ बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।
- बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफल र विभिन्न विधेयकमाथि छलफल गरिनेछ ।
- आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेटमा उठेका प्रश्नको जवाफ दिनेछन् र विनियोजन विधेयक पेश गर्नेछन् ।
बुटवल । लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत ११औँ बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।
आगामी आर्थिक वर्षको राजस्व तथा व्ययको वार्षिक अनुमान (बजेट) माथिको सैद्धान्तिक छलफलसहित विभिन्न विधेयकमाथि आवश्यक प्रक्रिया अघि बढाइने बैठकको कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
बैठकमा प्रदेश सभा सदस्यहरूले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गर्नेछन् । छलफलका क्रममा उठ्ने प्रश्नहरूको जवाफ आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यक्रम रहेको छ । साथै, मन्त्री कार्कीले विनियोजन विधेयक प्रदेश सभामा पेश गर्ने कार्यसूची पनि तय भएको छ ।
यस्तै, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक’ विषयगत समितिमा पठाउने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ कर्मचारीसँग स्पष्टीकरण माग
-
कपिलवस्तु कारागारका कैदीबन्दीका मागबारे छानबिन समिति गठन
-
चीनमा सीपीसीको वैभव, नेपालका कम्युनिस्टले किन खाए धक्का?
-
चीनमा किन बढिरहेछ ‘अनुहार किन्ने’ प्रवृत्ति ?
-
सरकारप्रति दृष्टिविहीनहरूको आक्रोश : सरकार आफैँ दृष्टिविहीन भयो
-
सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा पर्यो : ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण