थपियो अर्को हास्यश्रृङ्खला ‘जे होला होला’
काठमाडौं । हाँस्यश्रृंखलाको भिडका अर्काे एक श्रृंखला पनि थपिएको छ ‘जे होला होला’ । बिहिबारबाट प्रसारण सुरु भएको श्रृंखलाको बिहिबारै एक कार्यक्रमका घोषणा समेत गरिएको थियो । घोषणा कार्यक्रममा शुभारम्भको केक काटिएको थियो । टेलिश्रृङ्खलाका लेखक तथा निर्देशन सल्लाहकार उत्तम केसीको विशेष पहलमा श्रृंखला निर्माण भएको हो ।
अग्रज र अनुभवी हाँस्य कलाकार उत्तम के.सीको लेखन, दमन रुपाखेतीको निर्देशन रहेको हाँस्य टेलिश्रृङ्खला ‘जे होला होला’ रमाईलो टिभीबाट हरेक बिहिबार बेलुका ८ः३० बजेबाट प्रसारण हुनेछ । बिहिबार प्रसारण भएको पहिलो भागले राजनीतिक व्यङ्यमा भारतले गरेको सीमा अतिक्रमणका विषयलाई चोटिलो रुपमा प्रस्तुत गरेको थियो ।
टेलिश्रृङ्खलामा उत्तम केसी नेपाल, लक्ष्मण विक्रम वस्नेत, मुकुन्द मैनाली, सुशीला निरौला, उत्सव केसी, गीता नेपाल, विमला गौतम, सुमितकुमार घिमिरे, सविता गजमेर, पूरुषोत्तम खडका, मनिता डंगोल, सागर खडका, सरस्वती पाण्डे, कृष्णभीरलगायतका कलाकारको अभिनय रहेको छ ।
तारकेश्वर कला प्रतिष्ठानको प्रस्तुति रहेको यो हाँस्य टेलिश्रृङ्खलाको कार्यकारी निर्माता उज्मा केसी र श्रीतिजा केसी रहेका छन् ।