बुधबार, १६ जेठ २०८१
ताजा लोकप्रिय

दुई करोड पचास लाखमा निर्मित ‘स्केटिङ पार्क’ सञ्चालनमा

बुधबार, ०२ जेठ २०८१, ०६ : २२
बुधबार, ०२ जेठ २०८१

नवलपरासी  । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा पहिलोपटक स्केटिङ पार्क सञ्चालनमा आएको छ  । करिब  रु दुई करोड ५० लाखको लागतमा पार्क निर्माण गरिएको रामग्राम स्केटिङ पार्कका  सञ्चालक  किरण खनालले बताए ।

रामग्राम नगरपालिका वडा नं. १ परासीमा  आठ हजार पाँच सय वर्गफिट क्षेत्रफलमा बनेको स्केटिङ पार्क लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो भएको बताइएको छ । 

रामग्राम स्केटिङ पार्कमा सुरुमा स्केटिङ सञ्चालन गर्ने  तथा केही समयपछि मेसिनबाट मसाज सेवा, स्नुकर, गन गेमलगायत  सुविधा गरिने छभने स्केटिङमा सहभागी हुने सबैको स्वास्थ्य बिमा गरिने सञ्चालक खनालले जानकारी दिए ।

परासी तथा आसपासका क्षेत्रका लागि नयाँ खेलको रुपमा स्केटिङ पार्कको निर्माण भएपछि यस क्षेत्रका युवा खेलप्रति आकर्षित भएका छन् । पार्कमा  सुविधासम्पन्न पूर्वाधारमा खेल सञ्चालन  हुने  सञ्चालक खनालले बताए ।

 पचास वर्ष  अघि अमेरिकाको क्यालिफोर्नियाबाट सुरु भएको स्केटिङ संसारभर फैलिएको बताइन्छ । यो नेपालमा पनि युवावर्गमा लोकप्रिय बन्दै गएको छ । देशका प्रमुख सहर काठमाडौँ , पोखरा, बुटवलका साथै चितवन र नवलपरासीको बर्दघाटमा पनि यो खेल सञ्चालन हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप