एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज समापन हुने
बुधबार, ०२ जेठ २०८१, ०६ : २९
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आज सकिने भएको छ । हिजोबाट सुरु भएको बैठक आज समापन हुने भएको हो ।
बैठकमा प्रस्तुत विभिन्न प्रतिवेदनमाथि १२ वटा समूह बनाएर छलफल भइरहेको छ । अध्यक्ष माधवकुमार नेपालले राजनीतिक, सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदनमाथि १२ वटा समूहमा छलफल भएको हो ।
समूहगत छलफलबाट आएका निष्कर्षलाई टोली नेताले आज प्रस्तुत गरेर बैठक समापन गर्ने सो पार्टीले जनाएको छ । ललितपुरको बालकुमारीमा जारी बैठकमा प्रस्तुत प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूका सुझाव समेत समेटेर अन्तिम रूप दिइने छ । एकीकृत समाजवादीले असार १० देखि १६ गतेसम्म काठमाडौँमा महाधिवेशनको तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण