अमेरिकाका नेपालीले ह्वाइट हाउस अगाडि भारतविरुद्ध प्रदर्शन गर्ने
डिसी । अमेरिकामा रहेका नेपाली संघ/संस्था र नेपाली समुदायले ह्वाइट हाउस अगाडि भारतले गरेको भूमि अतिक्रमण विरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन् ।
नेपालमा भारतको चौतर्फी व्यापक विरोध भैरहेको अवस्थामा अमेरिकी राष्ट्रपति भवन अगाडि रहेको लाफेएट उद्यान (पार्क )मा जम्मा भै डिसेम्बर १४ शनिबारका दिन विरोध प्रदर्शन गर्ने तयारी भएकाे हाे ।
अमेरिकामा लामो समयदेखि बस्दै विभिन्न संघ/संस्थामा विभिन्न ओहदामा नेतृत्व लिई सकेका नेपालीहरुले गत नोभेम्बर २० र नोभेम्बर २३ मा आयोजना गरेको दुर संचार प्रणाली( टेली कन्फेरेन्स कल ) को माध्यमद्वारा भारत विरुद्ध ऐतिहासिक कार्यक्रम गर्ने योजना बनाएका हुन् ।
सन् २०१५ मा भारतले अघोषित आर्थिक नाकाबन्दी गर्दा पनि अमेरिकामा बस्ने नेपालीहरुले भारत विरुद्ध विरोध प्रदर्शन गरेका थिए।
उक्त दिन बिहान १० बजे प्रदर्शन गर्ने समय निर्धारण गरिएको छ भने संयुक्त नेपाली मोर्चा जस्लाई 'नेपालीको क्षेत्रीय अखण्डताको लागि नेपालीहरू'नामक नेपालीहरुको समूहले नेतृत्व गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण