मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

अनुज अग्रवालद्वारा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अध्यक्ष पदको शपथ

बुधबार, ०२ पुस २०७६, १७ : १३
बुधबार, ०२ पुस २०७६

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा नियुक्त हुनुभएका अनुज अग्रवालले नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

बैंकको प्रथम वार्षिकसाधारण सभाबाट नेपालकै पहिलो राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा स्थापित इन्फ्रास्ट्रक्चर बैंक संचालक समितिको अध्यक्षमा अग्रवाल चयन भएका थिए ।

शपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंकको तर्फबाट डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, कार्यकारी निर्देशक देव कुमार ढकाल, निर्देशक गोविन्द नागिला समेतको उपस्थिती रहेको थियो । 

त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंकका संचालक चन्द्र प्रसाद ढकाल, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र कम्पनी सचिव इश्वर बन्धु गौतमको उपस्थिती रहेको थियो । 

बैंकको संचालक समितिमा नेपाल सरकारबाट मनोनित रामशरण पुडासैनी हुन भने अनुज अग्रवाल, चन्द्र प्रसाद ढकाल र लालमणि जोशी हालै सम्पन्न बैंकको प्रथम वार्षिक साधारण सभाबाट संचालकमा निर्विरोध निर्वाचित भएका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप