१५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ
शनिबार, ०५ पुस २०७६, १३ : ४८
जनकपुर । धनुषामा नेपाल प्रहरीका एकजना प्रहरी नायब निरीक्षक (सई) घुससहित रंगेहात पक्राउ परेका छन् । धनुषाको धारापानीमा कार्यरत सई कालीचरण पंजियार १५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले धारापानिस्थित प्रहरी चौकी यज्ञभूमीमा कार्यरत सई पंजियारलाई १५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियार स्रोतले जनाएको छ ।
दुर्घटनाको मुद्दा मिलाइदिने भन्दै एक स्थानीयसँग घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटेको टोलीले उनलाई शुक्रबार साँझ धनुषाको मिथिला नगरपालिका–६ ढल्केवर चोकबाट रंगे हात पक्राउ गरेको हो ।
घुस रकमसहित पक्राउ परेका सई पंजियारलाई आवश्यक कारवाहीको लागि अख्तियार दुरुपायोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाडौं टंगाल पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराउँदै भँगेराको'चिरबिर' (तस्बिर)
-
पश्चिम एसियामा तनाव बढ्दै : अमेरिकाले गर्यो इरानका रडार साइटमा आक्रमण
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण