राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा मनाउने
काठमाडौं । सरकारले २२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा मनाउने भएको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आज मन्त्रालयमा बसेको राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले यस्तो निर्णय गरेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।
आगामी माघ २ गते भक्तपुरको दरबार क्षेत्रमा २२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भव्यरूपमा आयोजना गर्ने र कार्यक्रमकोे जिम्मेवारी भक्तपुर नगरपालिकालाई दिने निर्णय गरेको नगर प्रमुख प्रजापतिले बताए ।
गृहमन्त्री थापाले भूकम्प गएको पाँच वर्ष बितिसक्दा पनि भूकम्पबाट क्षति पुगेका सम्पदा र भग्नावशेष अझ पुनःनिर्माण नभएकामा चिन्ता व्यक्त गर्दै सम्बन्धित सरोकारवालासँग समन्वय गरी जनसमुदायलाई जनचेतना अभिवृद्धि गर्ने गरी भव्य र प्रभावकारी रूपमा दिवस मनाउने जिम्मेवारी भक्तपुर नगरपालिकालाई दिएको बताए ।
नगर प्रमुख प्रजापतिले भक्तपुर नगर २०७२ सालको भूकम्पले बढी क्षति पुगेको ठाउँ भएको बताउँदै ११६ वटाभन्दा बढी क्षतिग्रस्त सम्पदामध्ये हाल नगरपालिकाले ९१ वटा सम्पदा पुनःनिर्माणको काम सम्पन्न गरिसकेको बताए । उनले सम्पदा बस्तीका घर पुरानै शैलीमा निर्माण गराउने नीति बनाउँदै अनुदानको व्यवस्था गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के टाइम बैंक ? कसरी सञ्चालन गरिन्छ ?
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी
-
इरान भन्छ– अमेरिकाको विरोधाभासी अडान नै वार्ताको मुख्य समस्या
-
एमालेको पुनर्गठन किन र कसरी ?
-
धर्मपुत्री बन्न १२ वर्षकी बालिका बनेर परिवार झुक्याउने ३७ वर्षीया महिला पक्राउ
-
बिहानै कालो कफी पिउनु कति सुरक्षित ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण