मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

आफ्नै रणनीतिमा फस्यो चीन ? लाग्यो झट्का

आइतबार, २७ पुस २०७६, १० : ०१
आइतबार, २७ पुस २०७६

ताइवानकी राष्ट्रपति इंग–वेनले आम निर्वाचनमा जोडदार जीतका साथ दोस्रो कार्यकाल हासिल गरेकी छिन् ।

साई इंग विनले चुनावमा ५७ प्रतिशतभन्दा बढी मत पाएकी छिन् । उनले रेकर्ड स्तरमा ८२ लाख मत प्राप्त गरेकी छिन् । यति मतसहित उनले कुओमिनटांग पार्टीको खान ग्वो यीलाई निकै पछि पारेकी छिन् ।

साई इंग–वेनको जीत, ताइवानमा मात्रै होइन संसारका लागि पनि निकै महत्वपूर्ण छ किनभने उनी चीनसँग नजिकको सम्बन्ध विरोध गर्दै आएकी छिन् ।

आफ्नो जीतपछि उनले एकपटक पुनः चीनलाई ताइवानमाथि कब्जा जमाउने विचार त्याग्न भनेकी छिन् ।

उनले पत्रकार सम्मेलनमा भनिन्, ‘हामी आफ्नो स्वतन्त्रता र लोकतान्त्रिक मूल्यका कारण आफ्नो देशलाई कति महत्व दिन्छौं भन्ने कुरा ताइवानले संसारलाई देखाएको छ ।’

अमेरिकाले साइको जीतमा खुसी व्यक्त गर्दै आफू लोकतान्त्रिक व्यवस्थाको हकमा भएको बताएको छ । अमेरिकी विदेश मन्त्रालयले भन्यो, ‘साईको दोस्रो कार्यकालमा ताइवान र अमेरिकाको सम्बन्ध थप बलियो हुनेछ । हामी लोकतन्त्र, अर्थव्यवस्था र मानिसहरुको खुसीका लागि सँगै मिलेर काम गर्नेछौं ।’

चीनमा साईका दुई पक्षः

साई इंग–वेनले यसै महिना उनी चीनको ‘एक देश, दुई प्रणाली’ नीतिको प्रस्तावलाई स्विकार नगर्ने बताएकी थिइन् ।

चीनले ताइवानको अगाडि यो राजनीतिक फर्मूला पेश गरेको थियो जसलाई ताइवानले अस्विकार गरेको थियो । ताइवानका अनुसार यो फर्मूला हंगकंगमा पूर्ण रुपमा अस्विकार भयो, यस्तोमा यसलाई स्विकार गर्नुको कुनै औचित्य नै हुँदैन । ताइवानको चुनावी अभियानमा चीनको डर सबैभन्दा ठूलो मुद्दा थियो । चीन शासित हंगकंगमा महिनौंदेखि चलिरहेको सरकार विरोध प्रदर्शनका कारण ताइवानको चुनावमा ‘चीनको डर’ सबैभन्दा ठूलो मुद्दा थियो । चुनावी अभियानमा साइले भनेकी थिइन्, ‘हंगकंगका मानिसहरुले हामीलाई भनिसकेका छन् कि ‘एक देश, दुई व्यवस्था’ निश्चित रुपमा विफल फर्मूला हो ।’

हंगकंग ब्रिटिश उपनिवेश थियो जसलाई ब्रिटेनले सन् १९९७ मा स्वतन्त्रताका केही विशेष प्रावधानको बदलामा चीनलाई सुम्पिएको थियो ।

साईले भनिन्, ‘हंगकंगमा ‘एक देश, दुई प्रणाली’ का कारण स्थिती दिन प्रतिदिन बिग्रदैं छ । चीनले शक्तिको दुरुपयोग गर्दै ‘एक देश, दुई प्रणाली’ को विश्वसनीयतालाई संदिग्ध बनाइदिएको छ । यस्तोमा यसलाई स्विकार गर्ने प्रश्न नै उठ्दैन ।’

हंगकंगमा महिनौंदेखि चीनको सरकार विरोध प्रदर्शन चलिरहेको छ । चीन यसलाई नियन्त्रण गर्ने कोसिस गरिरहेको छ । हंगकंगमा चीन विरोधी प्रदर्शनकारीका अनुसार स्वयत्तताको प्रावधानको बावजूद चीन यसको उल्लंघन गरिरहेको छ । ताइवानको संसदले जनवरी १ देखि चीनको खतरा हेर्दै घुसपैठ विरोधी कानून पास गरेको थियो । यो कानून पास भएलगत्तै ताइवान र चीनबीचको तनाव चरम अवस्थामा छ ।

साईका अनुसार यो कानूनमार्फत् ताइवानको लोकतन्त्रको रक्षा हुनेछ । यसले चीनसँगको व्यापारिक सम्बन्ध प्रभावित नहुने पनि उनले स्पष्ट पारेकी थिइन् । चीनले साईको डेमोक्रेटिक प्रोग्रेसिव पार्टीले ताइवानलाई औपचारिक रुपमा स्वतन्त्र देश बनाउने विषयमा काम गरिरहेको शंका गर्दै आवश्यक परे ताइवानको सरकारविरुद्ध बल प्रयोग गर्न सकिने पनि बताउँदै आएको छ ।

यद्यपि, साईले स्वतन्त्रताको कुरा अस्विकार गरेकी छिन् । उनले चीनसँगको यथास्थितीलाई एकतर्फी भएर परिवर्तन गर्न नचाहेको अस्विकार गरिन् ।

ताइवान र चीनको विवादः

चीन सन् १९४९ मा गृहयुद्धको समाप्ति पछि नै ताइवानमाथि आफ्नो दाबी गर्दै आएको छ ।

एकातर्फ जहाँ ताइवान आफूलाई स्वतन्त्र र सम्प्रभु राष्ट्र मान्छ भने उता चीनले भने ताइवान चीनमा सम्मिलित हुनुपर्ने मान्यता राख्दै आएको छ ।

साईले चुनावी जीतपछि ताइपेमा भनेकी छिन्, ‘चीनले आफ्नो सेनालाई धम्की दिन बन्द गर्नुपर्छ ।’

उनले यो पनि भनिन्, ‘बेइजिङ प्रशासनले ताइवान र यहाँ छानिएका सरकार कुनै प्रकारको खतरा र धम्कीको दबाबमा नआउने भनेर बुझ्नेछ भनेर आशा गरेकी छु ।’

साई इंग–वेनको वेबसाइट अनुसार उनी अहिलेको प्रणाली र तरिकालाई यथास्थानमा राख्न चाहन्छिन् । उनी ताइवानको स्वतन्त्रतासँग सम्झौता गर्न चाहन्नन् ।

गत वर्ष जूनमा हंगकंग विरोधी प्रदर्शनको क्रममा उनले भनेकी थिइन्, ‘जसले ताइवानलाई सम्प्रभुता र लोकतन्त्रलाई कमजोर गर्ने र राजनीतिक मोलतोलका लागि प्रयोग गर्ने कोसिस गर्छ, त्यो असफल हुनेछ ।’

यस हप्ता बीबीसीसँग कुरा गर्दै उनले भनेकी थिइन्, ‘ताइवानले हंगकंगबाट पाठ सिक्नुपर्छ । यदि हामीले ताइवानको स्वतन्त्रता स्थापित गर्न दबाब दिँदैनौं भने हामीसँग जे जति छ, त्यो सबै गुमाउनेछौं ।’

६३ वर्षकी साई इंग विन राजनीतिमा आउनु अघि प्राध्यापक थिइन् । उनले अमेरिकामा कार्नल युनिभर्सिटी, लण्डन स्कूल अफ इकोनोमिक्स र ताइवानमा आफ्नो पढाइ पूरा गरेकी छिन् ।

साईको जीतको महत्व के हो ?

ताइवानकी राष्ट्रपति साई इंग विनका लागि ८० लाख बढी भोट हासिल गर्नु असाधारण सफलता हो । उनले एक प्रकारको अपार बहुमत हासिल गरेकी छिन् जुन  चीनको लागि ठूलो झट्का हो ।

यो चुनावमा हामीले देखेका छौं कि चीनसँग ताइवानको सम्बन्ध महत्वपूर्ण मुद्दा बनेर उत्रिएको छ र यसको पूरा फाइदा साई इंग विनले पाएकी छिन् ।

यद्यपि, उनको जीतमा एउटा निश्चिन राजनीतिक बिडम्बना पनि समावेश छ ।

वास्तवमा, ताइवानका जनताले एक प्रकारले बेइजिङको अधिनायकवादी दृष्टिकोण र विस्तृत चीनको अवधारणालाई पूर्ण रुपमा खारेज गरेको छ ।

चीनको कम्युनिष्ट पार्टीले ताइवानमाथि दबाब नबनाएको भए र हंगकंगको समस्या निदानका लागि समझदारी देखाएको भए साइको जीत यति जोडदार तरिकाले हुँदैनथ्यो ।

त्यसकारण नतिजा आएपछि बीबीसीले साईलाई सोध्यो, ‘तपाईं आफ्नो जीतको श्रेय चीनका राष्ट्रपति शी जिनपिंगलाई दिन चाहनुहुन्छ ?’

यसको जवाफमा उनी मुस्कुराउन थालिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप