परिवारसहित त्रिशुली नदीमा हाम्फालेका विनयको घरबाट सुसाइड नोट फेला
काठमाडौँ । धादिङको रोराङ गाउँपालिका–३ स्थित बेनिघाटको झोलुङ्गे पुलबाट त्रिशुली नदीमा हाम्फालेका विनय लामिछानेको घरबाट प्रहरीले सुसाइड नोट फेला पारेको छ । महानगरीय प्रहरी वृत्त थानकोटाका डीएसपी घनश्याम श्रेष्ठले विनयको घरबाट सुसाइड नोट फेला परेको पुष्टि गरे ।
घरबाट फेला परेको सुसाइड नोटमा विनयले कमोडिटी अनलाइन व्यापार गर्न भन्दै आफन्तहरुसँग ऋण लिएको व्यपार सफल नभएपछि आफू एकदमै तनावमा रहेको बताएका छन् । विनय स्थानीय सरकारी स्कुलमा अध्यापन गराउँथे ।
विनयले घरमा छोडेको सुसाइड नोटमा लेखिएको छ– ‘कमोडिटी व्यापारमा डुबेको पैसा तिरेर सकिँदैन, अब बाँच्नु को अर्थ रहेन ।’ प्रहरीका अनुसार सुसाइड नोटमा विनयले कसैलाई पनि आरोप लगाएका छैनन् ।
पुस २९ गते विनयको आफन्त बितेका थिए । घरमा झुठ्ठो परेको हुनाले छोराछोरीलाई बाहिर केही खुवाउँछु भन्दै विनय र जमूना दिउँसो २ बजे घरबाट निस्किए । घरबाट निस्किएका विनयले श्रीमतीलाई आदमघाटस्थित सुसराली जान आग्रह गरे ।
विनय परिवारसहित धादिङको गजुरी गाउँपालिकास्थित आदमघाट हिँडे । आदमघाट विनयको ससुराली गाउँ हो । तर, उनीहरु आदमघाट पार गरेर रोराङ गाउँपालिकास्थित बेनीघाट हुँदै गोरखाको घ्याल्चोक पुगे ।
घ्याल्चोकमा खाजा खाएर उनीहरु गाडी हिँड्ने पुलबाट नआएर बाँदरेस्थित झोलुङ्गे पुलबाट बेनीघाट आउँदै थिए । अचानक विनय परिवारसहित झोलुङ्गे पुलबाट हाम्फाल्छन् । घटना भएको स्थान बेनिघाटबाट गोरखा जाने त्रिशुली नदीको पुलको करिब एक किलोमिटर दूरीमा छ ।
बिहीबार साँझ काठमाडौँ चद्रागिरी घर भएका विनय लामिछाने र जमुना रेग्मी लामिछाने ६ महिना र २ वर्षका छोराहरु साथैमा लिएर त्रिशुली नदीमा हाम्फालेका हुन् ।
पुलबाट मान्छे हाम्फालेको देखेपछि स्थानीयहरु तत्कालै उद्दारको लागि खटिए । विनयलाई जीवितै उद्दार गर्न सफल हुन्छ । तर, श्रीमती जमूनाको भने मृत्यु हुन्छ । हालसम्म पनि दुई नाबालक छोराहरु वेपत्ता छन् । बेपत्ता बालकको खोजी भइरहेको छ ।
त्रिशुली नदी धमिलो भएकाले र पानी परिरहेकाले खोजी कार्यमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय, धादिङका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।
जीवितै उद्दार गरिएका विनय इलाका प्रहरी कार्यलय गजुरीको नियन्त्रणमा छन् भने घटनाको अनुसन्धान भइरहेको एसपी रेग्मीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते
-
सभापति लामिछानेमाथि लगाइएको आरोप १०० प्रतिशत निराधार हो : मन्त्री अर्याल
-
गृहमन्त्री लामिछानेविरुद्ध माइतीघरमा आन्दोलन गरिरहेको रित्तो ओछ्यान (तस्बिरहरू)
-
अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
-
चुनौतीका बिच पूर्वराजा शाहको क्यारिकेचर गरेका थिए प्रेमले
-
३३/११ केभी देवनगर सबस्टेसनको उद्घाटन