वाटफोर्ड र टोट्टनहामले बाँडे अंक
शनिबार, ०४ माघ २०७६, २१ : १३
इङ्लिस प्रिमियर लिग फुटबलमा तुलनात्मक रुपमा कमजोर टोली वाटफोर्डसँग टोट्टनहामले अंक बाँडेको छ । वाटफोर्डको घरेलु मैदानमा शनिबार साँझ भएको खेलमा टोट्टनहाम गोलरहित बराबरीमा रोकिएको हो ।
वाटफोर्डका ट्रोय डेनीले ७०औं मिनेटमा पाएको पेनाल्टी मिस गरेपछि टोट्टनहाम हारबाट जोगिएको थियो । बल पोसेसन बलियो बनाएको टोट्टनहामले खेलमा गोल गर्न भने सकेन ।
बराबरीसँगै २३ खेलबाट ३१ अंक बनाएको टोट्टनहाम तालिकाको सातौं स्थानमा छ । समान खेलबाट २३ अंक बनाएको वाटफोर्ड १६औं स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी
-
इरान भन्छ– अमेरिकाको विरोधाभासी अडान नै वार्ताको मुख्य समस्या
-
एमालेको पुनर्गठन किन र कसरी ?
-
धर्मपुत्री बन्न १२ वर्षकी बालिका बनेर परिवार झुक्याउने ३७ वर्षीया महिला पक्राउ
-
बिहानै कालो कफी पिउनु कति सुरक्षित ?
-
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण